धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ मा सञ्चालित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक ५४ वर्षीय प्रमोद रेग्मीको हत्या उनकै सालोले गरेको खुलेको छ ।
उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका रेग्मीको हत्या उनका आफ्नै सालो धनुषा क्षिरेश्वरनाथ नगरपालिका–७ दुर्गा टोल बस्ने वर्ष ३५ का निरज खातीले गरेको अनुसन्धानबाट खुलेको हो ।
डिष्टटलरीमा सेयरको कारण रिसबी राखी खातीले भिनाजु रेग्मीलाई अत्यधिक मदिरा खुवाई बाँसको लठ्ठीले टाउकोमा प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिएका छन् ।
निरजलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गएको माघ १३ गते राति डिष्टिलरीमै सञ्चालक रेग्मीको सुत्ने कोठामा हत्या भएको थियो ।
भोलिपल्ट आफ्नै ओछ्यानमा उनको शव रक्ताम्य अवस्थामा फेला परेको थियो । पक्राउ परेका मृतक रेग्मीका सालो खातीलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भईरहेको डीएसपी मिश्रले बताएका छन् ।