About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: भारतीय तस्करको आक्रमण, तीन प्रहरी घाइते

खोज केन्द्र शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतीय तस्करको आक्रमणमा तीन नेपाली सुरक्षाकर्मी घाइते भएका छन् । नेपाली भूमिमा छिरेर भारतीयले शुक्रबार बिहान नेपाली सुरक्षकर्मीमाथि आक्रमण गरेको हो ।

पर्साको जीराभवानी गाउँपालिका–१ पिपरडारीस्थित ओरीया खोलामा भइरहेको बालुवा तस्करी रोक्न गएका सशस्त्र प्रहरीको टोलीमाथि उनीहरुले नेपाली भूमिमै छिरेर आक्रमण गरेका थिए ।

सो आक्रमणबाट सशस्त्र प्रहरीका तीन जना जवान घाइते भएका हुन् । घाइतेमध्ये सशस्त्र प्रहरी जवानद्वय आयुष राय यादव र महेश प्रसाद यादवको अवस्था गम्भीर रहेको बताइएको छ ।

गम्भीर घाइते दुवैजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताए । उनका अनुसार अर्का घाइते सशस्त्र प्रहरी जवान सुमन वस्तीको सेढवास्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

भारतसँग सीमा जोडिएको पर्साको पिपरडारी गाउँस्थित ओरिया खोलामा भारतीय पक्षबाट भइरहेको बालुवा उत्खन्न रोक्न शुक्रबार बिहान सशस्त्र प्रहरी बोर्डरआउट पोष्ट पिडारीगुठी र महादेवपट्टीबाट सशस्त्र प्रहरीको २२ जनाको टोली खोलामा गस्ती गएको थियो ।

सशस्त्र प्रहरी निरीक्षकद्वय बसन्त जिसी र केदार राइको नेतृत्वमा गएको टोलीले खोलाबाट बालुवा लोड गरिएका भारतीयका ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । त्यहीबेला लठठी र भाला बोकेर आएका भारतीय तस्करले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको हो ।

पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काका अनुसार ओरिया खोलामा रहेको ४२४ नम्बर पिल्लरस्थित दशगजा क्षेत्रमा गस्तीमा गएको टोलीमाथि भारतीय बालुवा तस्करले आक्रमण गर्दा २ जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]