धनुषाको मिथिला नगरपालिकामा निर्माणाधिन अनाथ आश्रममा जनकपुरका युवा सुदिप झाले निर्माण सामग्री सिमेन्ट सहयोग गरेका छन ।
जनकपुरको ज्ञान कुपमा संचालन गरेको अनाथ आश्रमको शाखाको रुपमा सन्त सत्यनारायण आलोकले सुरु गरेको निर्माण मा झाले सिमेन्ट सहयोग गरेका हुन ।
घमण्ड र धन कहिल्यै देख्न सकिदैन, यस संसारमा धर्म मात्र देख्न सकिन्छ भन्दै झाले – मैले व्यक्तिगत रूपमा मिथिला नगरपालिका अन्तर्गत हरिहरपुरमा निर्माणाधीन कबीर बाल आश्रमको शाखाको रूपमा ५१ बोरा सिमेन्ट दान गरेको छु । गुरुजीको आदेश अनुसार साधु भण्डाराको प्रस्ताव तत्काल स्थगित गरी निर्माण सामग्री उपलब्ध गराएं ।
आश्रम निर्माणमा बिस्तारै सहयोगी हातहरु अगाडी आउन थालेको सन्त आलोकले बताए । यो आश्रम प्रदेस २ कै उत्कृष्ट हुने उनको कथन छ ।