काठमाडौं । आगामी वैशाख १७ र २७ का लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा सरकारले पहिलो चरणमा प्रदेस २ को ८ जिल्ला सहित ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो ।
सरकारका एक मन्त्रीले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।
प्रदेश १, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने वैशाख २७ गते दोस्रो चरणमा निर्वाचन हुनेछ ।
सरकारले गत पुस ५ गते संसद् विघटन गर्दै आगामी वैशाख १७ र २७ का लागि निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् ।
निर्वाचन मिति घोषणा भइसके पनि संसद् विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा रहेकाले अन्योल कायम छ । संसद् विघटनविरुद्ध सर्वोच्चमा परेका रिटबारे अहिले बहस जारी छ ।