About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
तलब भत्तामा पल्केको प्रदेश २ सरकार !

चालूतर्फ १ अर्ब ५९ करोड र पुँजीगततर्फ १ अर्ब ६२ करोड खर्च

कमलेश ठाकुर मंगलबार, माघ २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : प्रदेश २ मा कोरोनाको प्रभावले विकास निर्माणमा असर परको छ ।कोभिड १९ का कारण लामो समयसम्म भएको बन्दाबन्दीले बजेट खर्च सुस्त गतिमा भइरहेको छ ।

प्रत्येक वर्ष असारे विकास गरी बजेट सकाउँदै आएको प्रदेश २ सरकारले यसवर्ष कोरोनाको बहाना देखाउँदै कछुवा गतिमा बजेट खर्च गरिरहेको छ ।कोरोनाको प्रभावले प्रदेश सरकारले ६ महिनामा करिब ९ प्रतिशत बजेट मात्र खर्च गरको े छ । चालू आर्थिक बर्ष २०७७÷७८ को ६ महिनामा बितिसक्दा पनि सरकारको बजेट खर्चले गति लिन सकेको छैन ।

महत्वाकांक्षी नीति तथा कार्यक्रम प्रस्तुत गररे बजेट छुट्टयाएको प्रदेश २ सरकारले काम अगाडि बढाउन नसक्दा यस पटक पनि बजेट न्यून खर्च हुने र धेर बजेट फ्रिज हुने सम्भावना बढेको छ । प्रदेश सरकारले कुल विनियोजित बजेटमा साउनदेखि पुससम्म ९ दशमलव ३ प्रतिशत बजेट मात्र खर्च गरको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहालले जानकारी दिए ।

उनका अनुसार साउनदेखि पुससम्म खर्च भएको यो प्रतिशत प्रदेश सरकारले खर्च गरको जम्मा बजेट हो। प्रदेश सरकारले कुल विनियोजित बजेटमध्ये पुस मसान्तसम्म रु ३ अर्ब २१ करोड ६३ लाख ४८ हजार एक सय २० रुपैयाँ जम्मा बजेट खर्चेको छ । चालूतर्फ १० दशमलव १२ प्रतिशत अर्थात् रु १ अर्ब ५९ करोड ५६ लाख ४० हजार एक सय ३८ मात्रै खर्च गर्न सकेको उनले बताए

प्रदेश सरकारले पुँजीगततर्फ झन् न्यून बजेट खर्च गरको देखिएको छ । पुँजीगत तर्फ सरकारले ८ दशमलव ४५ प्रतिशत अर्थात् रु १ अर्ब ६२ करोड ८ लाख ७ सय ८३ रुपैयाँ खर्चेको छ । जबकी प्रदेश सरकारले पुँजीगततर्फ रु १९ अर्व १७ करोड ९८ लाख ९३ हजार र चालूतर्फ रु १५ अर्व ३० करोड १० लाख ९८ हजार विनियोजन गरको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बजेट खर्च सुस्त रहेको स्वीकार गरे। उनका अनुसार बजेट खर्च न्यून हुनुमा कोरोना संक्रमण, कर्मचारी अभाव र पूर्व तयारीको अभाव रहेको छ ।

मन्त्री यादवले कोरोना र कर्मचारी अभावका कारण प्रदेश सरकारले यसवर्ष बजेट खर्च अर्थात् विकास गर्ने लक्ष्य पनि पूरा गर्न कठिनाई हुने बताए । पहिलो चौमासिकमा काम गर्ने प्लानिब हद्रन्छ । त्यसकारण पनि न्यून मात्रामा बजेट खर्च भएको छ,’उनले भने, दोस्रो चौमासिकमा टेण्डर र ठेक्का प्रक्रिया सुरु हुन्छ । तेस्रो र अन्तिम चौमासिकमा धमाधम बजेट खर्च हुन्छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]