श्रोत नखुलेको करिव ३० लाख अबैध रुपैयाँ सहित रौतहटमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा परोहा नगरपालिका वडा नम्बर १ जीङ्गडवा वेलविछुवा वस्ने शेख सुखाडीको छोरा वर्ष २७ को मोहम्मद दिलसाद आलम रहेका छन् ।
आलमको साथबाट प्रहरीले श्रोत नखुलेको २१ लाख ९० हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा गौर नगरपालकिका वडा नम्बर ४ स्थित वसपार्क नजिक वाट आलमलाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताए ।
प्रहरीले आलमको नाममा रहेको एकतिस लाख सोह्र हजारको चेक समेत फेला पारेको उपरीक्षक साहले जनाएका छन् ।
उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति सुद्धिकरण विभागमा पठाईएको साहले जानकारी दिए ।