प्रचण्ड- माधब समुहको अबहानमा भएको आम हडताको क्रममा जनकपुरमा प्रहरी र आन्दोलनकारी बिच झडप भएको छ ।
जनकपुरको शिव चौकमा झडप हुंदा नेकपा नेता रामचन्द्र झा सहित ११ जना घाईते भएका छन ।
नेकपा नेताद्वय मातृका यादव र रामचन्द्र झा नेतृत्वमा निस्केको जुलुसले बजार बन्द गराउने क्रममा झडप भएको हो । झडप पछि अवस्था तनावग्रस्त भएपछि झा सहित शिवकुमार गोईत, सुरेश कापर, कारीराम यादव, प्रदिप साह, रुपेश बिराजी, उमेश साह, रंजित पाण्डे, अपराज मण्डल, सुभाष मण्डल र बिरजु बिराजीलाई प्रहरीले नियन्त्रण मा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । नेता झाको टाउको फुटेको हो ।
प्रहरी निरिक्षक अशोक झाको कमाण्डमा रहेको टोलीले झडपको क्रममा १२ राउण्ड हवायर फायर र दर्जनौं अश्रुग्यांस फायर गरेका छन ।