About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुर – जयनगर रेल भारतको मुम्बईबाट प्रस्थान, ३० जनवरीमा जनकपुरधाम आइपुग्ने (तस्वीरहरु)

खोज केन्द्र शनिबार, पौष १९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जयनगर जनकपुरधाम बिचमा चल्ने रेल यही जनवरी १५ का दिन भारतको मुम्बईबाट प्रस्थान भै ३० जनवरीमा जनकपुरधाम आइपुग्ने भएको छ । नेपाल सरकारले भारतको कोंकण रेलवे कॉर्पोरेशन संग २ वटा ट्रेन खरिद गरेको छ ।

अर्को ट्रेन भने आइपग्न १ महिना थप लाग्ने श्रोतले जनाएको छ । यो ट्रेन अहिले जयनगर देखि जनकपुरधाम -कुर्था सम्म ३४ कि.मि. मा चल्नेछ भने अर्को चरणमा बर्दिबाससम्म पुग्ने र पछि पूर्व पश्चिम रेल मार्ग निर्माण पश्चात त्यसमा जोडिन्छ ।

भारत सरकारले मकर संक्रांति १५ जनवरीको दिन रमाना गर्ने उक्त ट्रेन १५ दिनमा विजयवाड़ा, इटारसी, इलाहाबाद, पटना, जयनगर हुंदै जनकपुरधाम आइपग्नेछ ।

उक्त ट्रेन जयनगर – जनकपुरधाम-कुर्था रेल मार्गले जनकपुरधामलाई रामायण सर्किट संग जोडिने सपना साकार हुनेछ र अयोध्या मात्र नभै सम्पूर्ण भारतिय रेल संजालमा जोडिन्छ ।

यसले गर्दा जनकपुरधामको पर्यटन प्रवर्द्धन हुने र समग्र आर्थिक विकासमा फड्को मार्ने छ भने भारत सरकारको सहयोगमा संचालित महत्वाकांक्षी योजना साकार भै भारत संगको बिशेष सम्बन्ध थप प्रगाढ बन्ने छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]