About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धनुषामा स्कारपियोको ठक्करबाट लामाको मृत्यु, महतो घाइते

खोज केन्द्र बुधबार, माघ २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला नगरपालिकामा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।

मिथिला नगरपालिका वडा नम्बर ५ विश्रामपुरस्थित पूर्वपश्चिम राजमार्गमा गएराति ज ६ प २८३३ नम्बरको मोटरसाइकललाई बा १३ च ८०३८ नम्बरको स्कारपियोले ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका थिए ।

ठक्करबाट मिथिला नगरपालिकाका २४ बर्षिय दिपेन्द्र महतो र बर्ष २० का रोशन लामा घाइते भएका थिए ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा दिपेन्द्रको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार घाइते लामाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिएर घटनास्थलबाट स्कारपियो फरार भएको थियो ।

सोही कारण आक्रोशित भएका स्थानीयहरुले करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

मोटरसाइललाई ठक्कर दिएर फरार भएको स्कारपियो गाडी धनुषा प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

दिपेन्द्रको शव पोष्टमार्टमको तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]