About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओलीद्वारा धनुषामा ७५२ केभीको सव-स्टेशन उदघाटन

खोज केन्द्र सोमबार, माघ १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सबभन्दा ठूलो ढल्केवर सब-स्टेशनको समुद्घाटन गरेका छन् ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको लगानीमा निर्मित ४ सय केभीको सव-स्टेशन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२०र १३२ केभी ढल्केबर सब-स्टेसनको प्रधानमन्त्री ओलीले आज  उद्घाटन गरेका हुन् ।

सव-स्टेसनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण सम्पन्न गरेपश्चात प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् ।

हाल सञ्चालनमा रहेकामध्ये सबैभन्दा ठूलो ढल्केवर सव-स्टेशन भएको बताइएको छ । यो सव-स्टेसन जीआईएस प्रविधियुक्त स्वचालित रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

उनले पूर्व-पश्चिम र ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइन ढल्केबरमा चार्ज हुने बताएका छन् । उनका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् पनि ढल्केबरमा चार्ज हुन्छ ।

ढल्केबर-मुजफ्फपुर प्रसारणलाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिने प्रवक्ता तिम्सिनाले जानकारी दिए ।

ढल्केबर मुजफ्फपुर ४०० केभी प्रसारण लाइनबाट थप १०० मेगावाट बिजुली दिन भारत सहमत भएको उनको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]