धनुषाको सबैला नगर पालिकाको प्रमुख गेटमा स्थानियहरुले तालाबन्दी गरेका छन ।
मेयर बिजय शंकर प्रसाद साहले नगरको बिकास बजेट तथा खेलकुद रकम मा भ्रष्टाचार गरेको भन्दै नगर कै स्थानीय युवाहरुले तालाबन्दी गरेका हुन ।
मेयर साह आफु खुशि बजेट खर्च गर्दै आएको युवाहरुको आरोप छ ।
यसका साथै मेयर साह र उपमेयर निलु कापर बिच समेत खर्चलाई लिएर बिबाद छ । मेयर र उपमेयर समेत बिबाद उत्पन्न भएपछि नगरपालिका अस्तब्यस्त बनेको स्थानियको दाबी छ ।
यस सम्बन्ध मा मेयर संग सम्पर्क गर्न खोज्दा फोन लागेन ।