जनकपुरधाम ।जनकपुरधामबाट एकजना नक्कली चुरोट विक्रेता पक्राउ परेका छन् । रामानन्द चोकस्थित रमेश किराना पसलबाट सूर्य नेपाल कम्पनीको आठ डब्बा नक्कली चुरोटसहित महोत्तरीको बलबा नगरपालिका–२ का ३५ वर्षीय रमेश साह पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीका अनुसार भारतमा उत्पादन हुने सूर्य नेपाल कम्पनीको नक्कली चुरोट सहित साहलाई पक्राउ गरिएको हो ।
चुरोटको डब्बामा नेपाल सरकार आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकर र अन्य विवरण नभएपछि उनलाई पक्राउ गरिएको उनले जनाए । पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा राखिएका साहलाई सामानसहित जनकपुर भन्सार कार्यालयलाई जिम्मा लगाइएको छ ।