About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओलीलाई ढल्केवरमा बिशेष सम्मान तथा अभिनन्दन गर्छौं – मेयर महतो

खोज केन्द्र आइतबार, माघ १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई धनुषामा बिशेष सम्मान तथा अभिनन्दन गरिने भएको छ । 

धनुषाको ढल्केवरमा  निर्माण सम्पन्न नेपालकै पहिलो  ४ सय केभी तथा २ सय २० केभी / १ सय ३२ केभी  क्षमता भएको विद्युत सवस्टेशनको उद्दघाटन गर्न प्रधानमन्त्री ओली धनुषाको ढल्केवर आउने निश्चित भएपछि मिथिला नगरपालिकाले बिशेष सम्मान तथा अभिनन्दन गर्न लागेको नगरपालिकाका मेयर हरिनारायण महतोले खोज केन्द्रलाई जानकारी दिए । 

प्रधानमन्त्री ओलीलाई नगरपालिकाको तर्फबाट जानकी मन्दिर अंकित चांदीको मुर्ति, मिथिला पेन्टिंग सहित सम्मान गर्न लागेको मेयर महतोले बताए । 

नेपाल विद्युध प्राधिकरणले निर्माण गरेको देशकै सबैभन्दा ठूलो सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि स्वागतको तयारीमा विद्युतका कर्मचारी तीब्र रुपमा जुटेका छन् ।

नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको ४ सय केभी तथा विश्व बैंकको सहुलियत पूर्ण ऋण एवम् नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० केभी / १३२ केभी सवस्टेशन निर्माण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण सवस्टेशन ढल्केवरका प्रशासन प्रमुख रबिन्द्र रायले खोज केन्द्रलाई बताए । उक्त योजना निर्माण सम्पन्न गर्न २ वर्ष लागेको रायले जानकारी दिए । 

सवस्टेशन उद्घाटन पश्चात प्रधानमन्त्री ओलीले मन्तव्य दिने कार्यक्रम समेत रहेको नेकपा का युवा नेता शम्भु साहले बताए । उनका अनुसार उद्घाटन कार्यक्रममा करिब दस हजारको संख्यामा मानिसको उपस्थित रहने अनुमान गरिएको छ ।

उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् धनुषाकी सांसद जुली महतो, शहरी विकास मन्त्री प्रभु साह समेत सहभागी हुने आयोजकले जनाएको छ । 

सो उदघाटन सकेपछि प्रधानमन्त्री ओली सिरहामा हुने जनसभालाई सम्बोधन गर्न जाने छन् । 

प्रधानमन्त्रीसहित धनुषा आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ढल्केवरको विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको छ ।  प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]