About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
७५२ केभी विद्युत सवस्टेशन उदघाटन गर्न प्रधानमन्त्री ओली धनुषा आउँदै, १० हजार सहभागी हुने

मंच तथा स्वाग प्रवेश द्वार निर्माण तिब्र

खोज केन्द्र शनिबार, माघ १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार धनुषा आउने भएका छन् ।

धनुषाको ढल्केवरमा  निर्माण सम्पन्न नेपालकै पहिलो  ४ सय केभी तथा २ सय २० केभी / १ सय ३२ केभी  क्षमता भएको विद्युत सवस्टेशनको उद्दघाटन गर्न प्रधानमन्त्री ओली धनुषाको ढल्केवर आउन लागेका हुन् ।

नेपाल विद्युध प्राधिकरणले निर्माण गरेको देशकै सबैभन्दा ठूलो सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि स्वागतको तयारीमा विद्युतका कर्मचारी तीब्र रुपमा जुटेका छन् ।

नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको ४ सय केभी तथा विश्व बैंकको सहुलियत पूर्ण ऋण एवम् नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्मित २२० केभी / १३२ केभी सवस्टेशन निर्माण सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण सवस्टेशन ढल्केवरका प्रशासन प्रमुख रबिन्द्र रायले खोज केन्द्रलाई बताए । उक्त योजना निर्माण सम्पन्न गर्न २ वर्ष लागेको रायले जानकारी दिए । 

सवस्टेशन उद्घाटन पश्चात प्रधानमन्त्री ओलीले मन्तव्य दिने कार्यक्रम समेत रहेको नेकपा धनुषाका बिद्यार्थी नेता आनन्द झाले बताए । उनका अनुसार उद्घाटन कार्यक्रममा करिब दस हजारको संख्यामा मानिसको उपस्थित रहने अनुमान गरिएको छ ।

उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् धनुषाकी सांसद जुली महतो, शहरी विकास मन्त्री प्रभु साह समेत सहभागी हुने आयोजकले जनाएको छ । 

प्रधानमन्त्री ओली धनुषा आउने निश्चित भए संगै धनुषा प्रशासनले सुरक्षा बढाएको छ । मंच तथा स्वाग प्रवेश द्वार निर्माण तिब्र पारिएको छ । 

मधेस आन्दोलन पछि प्रधानमन्त्री ओली दोस्रो पटक धनुषा आउन लागेका हुन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]