About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
प्रदेश २: प्रहरीको मिलेमतोमा बलात्कार लुकाउने प्रपञ्च

के हो घटना ?

खोज केन्द्र शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

स्थानीय जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा धनुषामा बलात्कार प्रयासको घटना लुकाउन खोजिएको छ । गत बिहीबार राती जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–९,औरहाकी एक दलित महिलामाथि सोही ठाउँका सवाजान साफी धोवीले बलात्कार प्रयास गरेका थिए ।

तर,घटना भएको एक साता बित्दा समेत प्रहरीमा जाहेरी दर्ता हुन सकेको छैन । घटनाको भोलिपल्टै जाहेरी दिन खोजे पनि वडाध्यक्ष अशोककुमार चौधरी र उनीनिकट केही स्थानीयले अवरोध गरेको पीडितपक्षको गुनासो छ ।

घटनाको पर्सिपल्ट शनिबार किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय,महेन्द्रनगर पुगेका पीडितलाई प्रहरीले जाहेरी दर्ता गर्नुको साटो उल्टै हप्काएपछि मिलेमतोको आशंका गरिएको हो ।

पीडितपक्षका अनुसार वडाध्यक्ष चौधरी र प्रहरीले घटना सार्वजनिक नगर्न दबाब दिँदै उल्टै उनीहरूलाई थुनिएको थियो । चौधरीले पीडकपक्षबाट आर्थिक लाभ लिएर घटना गाउँमै मिलाउन खोजेको उनीहरूको आरोप छ ।

इलाका प्रहरीले जाहेरी नलिएपछि आइतबार जिल्ला प्रहरी कार्यालय जनकपुर पुगेका पीडितलाई नेकपाका नेताको नाम लिँदै वडाध्यक्ष चौधरीले थुनाएको बताइन्छ । पीडितपक्षले दिएको जानकारीअनुसार पछि  बुझ्दा उनले घटनाबारे कुनै जानकारी नभएको भन्दै पीडकपक्ष र प्रहरीलाई हप्काएपछि उनीहरूलाई छाडिएको थियो ।

न्यायको ढोका ढकढकाउँदै भौंतारिएको पीडितपक्ष अझै जाहेरी बोकेर दौडिरहेको छ । गरिब भएकै कारण स्थानीय सरकार र प्रशासनबाट हेपिनु परेको उनीहरूको दुखेसो छ ।

के हो घटना ?

पीडित महिलाले जाहेरीमा उल्लेख गरेअनुसार बिहीबार बेलुका खाना खाएर सुत्ने तरखर गर्दै थिइन् । त्यहीबेला कोही नभएको मौका छोपी सवजान साफी कोठाभित्र पसे । त्यसपछि एक हातले मुख थुनेर जबर्जस्तीको प्रयास गरे ।

साफीले जबर्जस्तीको प्रयास गरे पनि महिलाको प्रतिकारपछि पैसाको प्रलोभन देखाएको जाहेरीमा उल्लेख छ ।

दुई हजार रूपैयाँ दिएर फकाउँदा पनि आफूले नमानेको बरु सकेसम्मको प्रतिकार गरेको महिलाले जाहेरीमा लेखेकी छन्  । अन्तिममा महिलाले हारगुहार गरेपछि साफी भागेको जाहेरीमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]