About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धनुषाबाट विद्युत प्राधिकरणका चार कर्मचारी घुस सहित पक्राउ

खोज केन्द्र शुक्रबार, माघ १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई घुस रकमसहित अख्तियारले रङ्गेहात पक्राउ गरेको छ ।

धनुषाको महेन्द्रनगरस्थित नेपाल विद्युत प्राधिकरण अन्तर्गत ढल्केवर फ्युज शाखामा कार्यरत चार जना कर्मचारीलाई पाँच हजार घुस रकम सहित अख्तियारले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको टोलीले शुक्रबार दिउँसो ३ बजे धनुषाको मिथिला नगरपालिका वडा नं. ५ विश्रामपुरबाट उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका कर्मचारीहरुमा जगत नारायण साह सुपरभाइजर, नवलकिशोर महतो, मनोहर कुमार महतो र एम कुमार महतो रहेको छ ।

पक्राउ परेका कर्मचारीले विश्रामपुरस्थित एक कुखुरा फर्म विद्युत जडान गरिदिए वापत सेवाग्राहीसँग गैरकानूनी रुपमा पाँच हजार घुस रकम लिएका थिए । सोही सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको छ ।

कर्मचारीको साथबाट घुस रकमसमेत बरामद भएकाले भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास महोत्तरीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]