तराई मधेशको चिरपरिचित नायक निराजन मेहता उर्फ मन्जितको मधेशी पुत्र रिर्टन्स फिल्मको विहिबार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा शुभ मुहर्त गरिएको छ।
नायक निराजन मेहताले अहिले सम्ममा धेरै मैथिलि ,नेपाली हिन्दी,भोजपुरी लगायतको फिल्महरूमा नायकको भुमिका निर्वाह गरेर दर्शकहरूको मन जितन सफल बनेका छन्।
केहि महिना भित्रै मधेशी पुत्र रिर्टन्स फिल्ममा अभिनय गरिने कलाकारहरूको नाम समेत सार्वजनिक गरिएको छ। कलाकारहरुमा ,निराजन मेह्ता, धुर्ब कोइराला,अनिल महतो ,रन्जिता,सोनम तिवरी ,अमित सुक्ला, मनोहर महतो ,सन्जय राउत ,को मुख्य भुमिका रहने छन् ।
त्यसै गरी action तिर नेपाल को प्रसिद्ध एन बि महर्जन संगै camera ,रबि कोइराला ,चुनु शर्मा ले चलाउने भएका छन् , भने music ,दिपेन्द्र कुमर,अमन झा,महनन्द बिकको रहेको छ ।
सो फिल्मको गित निराजन मेह्ता,राज चौधरीले लेखेको छ । यो फिल्म अनुरागी फिल्म कम्पनी बाट निर्माण हुने छ । फिल्मको लेखक / निर्देसन ,निरजन मेह्ता मन्जित ले गर्ने छन्।