About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धनुषामा एक ब्यापारीको हत्या, मुचुल्का बिनै प्रहरीले शव उठायो

खोज केन्द्र बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा एक जना डिष्टिलरी (मदिरा) इन्डस्ट्रिजका सञ्चालकको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो । प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव रक्ताम्य अवस्थामा कम्पनी प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र फेला परेको हो ।

टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ ।

रेग्मीको शव बुधबार बिहान ९ बजेतिर फेला परेको उनका आफन्त बिनोद पाण्डेले जानकारी दिए ।

रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-७ चुआरेका बासिन्दा हुन् । उनी मंगलबार बिहान मात्रै घरबाट फर्किएका थिए । साँझ ७ बजेतिर आफ्नो उद्योग आएका उनी साथीभाइसँग बसेर मदिरा समेत सेवन गरेको पाण्डेले बताए । ‘राति १० बजेतिर उहाँले आफ्ना छोराछोरीसँग फोनमा कुरा पनि गर्नुभएको छ’ पाण्डेले भने, “तर बिहान मृत फेला परे ।”

घर परिवारलाई थाहै नदिई प्रहरीले मुचुल्का उठाएर शव परीक्षणका लागि अस्पताल पठाएको उनको भनाइ छ । पछि हामीले थाहा पाएर यहाँ आउादा शव प्रादेशिक अस्पताल जनकपुरधाम पोष्टमार्टमका लागि पुर्‍याइसकिएको उनले बताए ।

पाण्डेका अनु्सार प्रहरीले उठाएको मुचुल्कामा रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेको उल्लेख छ ।

घट्ना शंकास्पद 

घट्ना शंकास्पद रहेको धनुषा प्रहरीले जनाएको छ । प्रहरी प्रबक्ता मकेन्द्र मिश्रले पनि रक्ताम्य अवस्थामा पाण्डेको शव फेला परेको बताए । ‘घट्ना शंकास्पद देखिन्छ,’ उनले भने, “शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानलाई अगाडि बढाइएको छ ।”

मृतकका आफन्तले रेग्मीको शवको परीक्षण घोपा क्याम्प धरानमा गर्नुपर्नेमा जोड दिएका छन् ।

मृतक रेग्मीसहित चारजना मिलेर महेन्द्रनगरमा डिष्टिलरी सञ्चालन गरेका छन् । उनी डिष्टिलरीका निर्देशक बनेर काम गर्दै आएका थिए । मृतकका आफ्नतले प्रहरीले मुचुल्का बिना नै शव उठाएको आरोप लगाएका छन । परिवारजन न्यायका लागि जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]