About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
बलात्कार आरोपी उम्किन आर्थिक चलखेल गर्दै

पिडित महिलालाई प्रलोभनमा पारेर उच्च अदालतमा अरोपित दौडधुप

खोज केन्द्र बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको छ । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट उम्किन समेत चलखेल थालेको हो । 

भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका वडा नं. ९ का ५२ वर्षीय वडा सचिव मिथलेश यादव पुर्पक्षकालागि थुनामा छन् ।

थुनामा रहेको वडा सचिवले उच्च अदालत जनकपुरमा पुनरावेदन गरी आर्थिक चलखेल शुरु गरेको हो । 

०७७ मंसिर २० गते उच्च अदालत जनकपुरमा दर्ता भएको कैफियत प्रतिवेदन मुद्धामा माघ ८ गते न्यायधिश प्रकाश चन्द्र गजुरेल र शकुन्तला घिमिरेको इजलासले सक्कल कागजात मगाउन आदेश दिएको थियो । यस अघि ३ पटक मुद्धाको पेसी स्थगित गरिएको थियो ।

पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका आरोपित वडा सचिवका पक्षले पछिल्लो समय उच्च अदालत जनकपुरमा फाटबला कर्मचारी र अन्य माध्यमबाट आन्यलयलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको छ । 

पिडित महिलालाई तठस्थ बस्न ३ लाख नगद दिइएको चर्चा भएपनि प्रमाण भने भेटिएको छैन । यस अघि आरोपित महिलालाई १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा बयान फेर्न भनेका थिए ।

घरमा श्रीमान्ले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट असोज १४ गते घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले बलात्कार गरेको आरोप छ ।

घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो । घटनालगत्तै आरोपित वडासचिव यादवले गाउँकै एक नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]