About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
डेढ महिनादेखि धनौजी गाउँपालिकाको काम बन्द

तलबको लागि भौतारिदै कर्मचारी

खोज केन्द्र बिहिबार, माघ १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । धनौजी गाउँपालिकाको सम्पूर्ण कामकाज डेढ महिनादेखि ठप्प भएको छ । कार्यपालिका सदस्यले समयमा गाउँ सभा गर्न नसक्दा पालिकाको सम्पूर्ण कामकाज ठप्प भएको हो ।

पालिकाका प्रमूख प्रशासकिय अधिकृत कन्हैया मिश्राले समयमा नीति तथा कार्यक्रम र गाउँ सभा हुन नसक्दा सबै कामकाज ठप्प रहेको बताए । उनका अनुसार ६ ठौं गाउँ सभा हुन नसक्दा अतिआवश्यक बाहेक सबै कामकाज डेढ महिनादेखि ठप्प भएको छ ।

‘कुनै पनि कर्मचारीले चालु आर्थिक वर्षमा तलब खाएका छैनन्,’उनले भने, ‘न कुनै प्रकारको भुत्तानी भएको छ । ४०–४५ दिनदेखि कुनै काम पनि भएको छैन् ।’ कार्यालय जान सक्ने अवस्था नरहेको भन्दै गाउँ सभा नभएकै कारण पालिकाको सम्पूर्ण कामकाज ठप्प रहेको उनले बताए ।  

कार्यपालिका सदस्यको असहमतीका कारण गाउँ सभा हुन नसकेको उनको भनाई छ । ‘गाउँ सभा नहुनुको प्रमूख कारण कार्यपालिका सदस्यहरुको मतभेद रहेको देखिन्छ,’उनले भने, ‘समयमा वडा कार्यालयबाट पनि योजना छनौट गरेर पठाएका छैनन् । योजना बाँडफाँडमा पनि मतभेद देखिएको छ ।’

गाउँपाकिला प्रमूख बद्री नारायण सिंहले गाउँ सभा नभएको कारण र्काचारीले तलब नपाएको बताए । कार्यपालिका सदस्यहरुसंग गाउँ सभा गर्ने सहमती भएको उनले जानकारी दिए । तर, गाउँ सभा कहिले गर्ने अझै टुङ्गो नलागेको भन्दै उनले फोन राखे ।

यता, उपप्रमूख रामवती मण्डलले गाउँ सभा नहुनुमा सम्पूर्ण कार्यपालिका सदस्यको दोषी रहेको टिप्पणी गरिन् । तर, नैतिकताको अधारमा पालिका प्रमूख असक्षम रहेको उनको तर्क छ ।

पालिका प्रमूख सिंहले गत वर्षको आय व्यय पारदर्शिता नगरेको, हरहिसाव सार्वजनिक नगरेको र चालु वर्षमा योजना बाँडफाँडमा मनोमानी गरेको उपप्रमूख मण्डलको आरोप छ ।

 तलबको लागि भौतारिदै कर्मचारी

पालिकाको कर्मचारीहरु तलबको लागि भौतारिरहेको छ । कर्मचारीहरुले तलब खोज्दै बुधबार संघीय कोष तथा लेखा नियन्त्रण कार्यालय धनुषा पुगेर तलब बारे जानकारी लिएका छन् ।

कार्यालय प्रमूख बिरेन्द्र मिश्रले कार्यपालिका सदस्यले भुत्तानी रोक्क ागर्न दिएको उजुरीका कारण तलब रोक्का गरेको जानकारी दिए । पालिकाको गाउँ सभा हुन नसक्दा कर्मचारीहरुले चालु आर्थिक वर्षमा अहिले सम्म तलब नपाएको स्वास्थ्यका कर्मचारी उमेश साहले जानकारी दिए ।

उनका अनुसार कर्मचारीहरुले तलब माग गर्दै पालिकाको प्राङ्गनमा दोस्रो चरणको आन्दोलन गरेको पनि एक महिना बितिसकेको छ । ‘पहिलो चरणको आन्दोलन एक महिना सम्म चलेको थियो । एक महिना पश्चात ९ बुंदे सहमती भएको थियो,’उनले भने, ‘तर कार्यनव्यन नभएपछि पुनः दोस्रो चरणको आन्दोलन चलिरहेको छ ।’

पालिकाको सामुदायिक शैक्षिक संस्था, स्वास्थय संस्था र कार्यपालिकाको कार्यालय लगायत गरी करिव एक सय जना कर्मचारी कार्यरत्त छन् । स्वास्थ्यको कर्मचारीले असार मसान्तदेखि तलब पाएका छैन भने शिक्षकहरु साउनदेखि तलब पाएका छैन् । स्वास्थ्यको कर्मचारीले कोरोना महामारीमा जोखिम लिएर सेवा दिए पनि न तलब, न भत्ता पाएको उनले गुनासो गरे ।

 पुरानो भुत्तानीसमेत भएनन्

राष्ट्रिय प्राथमिक विद्यालय भररिया धनौजीका प्रधानाध्यापक अनिल कुमार साहले गत वर्ष विद्यालयले पाउनु पर्ने विभिन्न शिर्षकको रकम भुत्तानी नगरेको बताए । उनका अनुसार शिक्षकले चालु वर्षमा तलब र गत वर्षको कुनै पनि शिर्षकको रकम पाएका छैनन् ।

पाठ्यपुस्तक, छात्रवृति, एसआइपी, मसलन्द, बुक कर्नर र लेखा परिक्षण लगायत शिर्षकको रकम नपाएको उनको भनाई छ । ‘प्रधानाध्यापक र शिक्षकले आफ्नो जिम्मेवारीमा उधारो पाठ्यपुस्तक ल्याएर वितरण गरेका छन्,’उनले भने, ‘तर त्यसको पनि अहिले सम्म भुत्तानी भएको छैन् । स्टेशनरी बलाले गाली गलौजसंगै साइकल खोस्न आउँछन् ।’

कोरोना संक्रमनमा बन्द भएको विद्यालय अझै खुल्न नसकेको उनले बताए । नयाँ शैक्षिक सत्र बित्न लागेपनि पालिका प्रमुखको गैर जिम्मेवारीका कारण विद्यालय नखुलेको उनले बताए । 

 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]