About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
अख्तियारको छापापछि यातायात कार्यालय शुंसान, परीक्षा स्थगित, कर्मचारी भागाभाग

गिरी फरार

खोज केन्द्र बुधबार, माघ १४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा अख्तियारले छापा मारेर कार्यालय सहयोगी र दलाललाई पक्राउ गरेपछि लाइसेन्स (चालक अनुमतिपत्र)को परीक्षा स्थगित भएको छ । कार्यालय शुंसान र कर्मचारी भागाभाग भएका छन । अधिकांश कर्मचारी सम्पर्क बिहिन बनेका छन । 

कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको बुधबार विज्ञप्ती जारी गरी जनाएको छ । 

कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको विज्ञप्तीमा उल्लेख छ ।

मंगलवार साँझ अख्तियार बर्दिबासको टोलीले उक्त कार्यालयमा छापा मारेर घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र दलाल राजकिशोर भगतलाई पक्राउ गरेको थियो । 

गिरी फरार

अख्तियारका प्रवक्ता मनिराज ज्ञवालीका अनुसार कार्यालय सहयोगीलाई दलालबाट छैठौं तहका कर्मचारी तेजेन्द्र भनिने अनिल गिरीले घुस लिन भनेका थिए ।

कार्यालय सहयोगी २ लाख २३ हजार ८२० रुपैया र दलाल भगत ५० हजार रुपैयासहित पक्राउ परेपनि कर्मचारी गिरी फरार भएका छन् । उनी बुधवार कार्यालयमा समेत उपस्थित भएका छैन । अख्तियारको टोली आएको सुइँको पाउने वित्तिकै उनी भागेका थिए ।

अख्तियारले करिब ९ घण्टा लगाएर अप्रेशन सफल पारेको छ । दिउँसो ४ बजे कार्यालयमा प्रवेश गरेका अख्तियारका टोली राति १० बजे फर्केको थियो । 

घुस रकमसहित कार्यालय सहयोगी र दलाललाई अनुसन्धान तथा कारबाहीका लागि अख्यिारको टोलीले बर्दिबास कार्यालय लगेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]