जनकपुरधाम गर्भपतन (भ्रुण हत्या) मुद्दामा जिल्ला अदालत धनुषाले एक महिलालाई जेल चलान गरको छ ।
प्रहरीले धनुषाको ठाडीझिझाकी इशा खातुनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। अदालतले उनलाई जेल चलान गरेको प्रहरीले जनाएको छ ।
विदेह नगरपालिका १ की ईशा साहकी अन्दाजी ३२ बर्षिया श्रीमती खातुनलाई गर्भपतन मुद्दामा अदालतले २०७२ साल असार २१ मा १ महिना कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार थिइन्। जरिना खातुन र सुनिताको झगडा पर्दा जरिना गर्भवती थिइन । कुटपिटपछि जरिनाको गर्भ तुहिएपछि खातुनमाथि मुद्दा परेको थियो।