कार्यालयको सोफा तथा कुनाकप्चामा लुकाईएको रकम भेटियो
अख्तियार दुरुप्योग अनुसन्धान आयोगको १६ जनाको टोलीले यातायात कार्यालय, जनकपुरमा छापा मारेको छ । यातायात कार्यालय प्रमुख विरेन्द्र साह सहितको कर्मचारीहरुले नियन्त्रणमा लिएको हो ।
मांगलबार सांझ ७ बजे अख्तियार दुरुप्योग अनुसन्धान कार्यालय, बर्दिबास, महोतरीका ईन्सपेक्टर राजु कुर्मीको नेतृत्वमा यातायात कार्यालयमा छापा मार्दा कार्यालय प्रमुख साह सहित अन्य कर्मचारीहरुको कोठाको टेबुल, सोफा, कारपेट मुनि तथा कुनाकप्चामा लुकाई राखेको रकम सहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले कार्यालय प्रमुख साह सहित कार्यालयमा खोजतलास गर्दा हालसम्म लगभग २ लाख ५० हजार रकम फेला परेको छ । कार्यालय प्रमुख साह सहित तीन जना कर्मचारी अख्तियारको नियन्त्रणमा छ । अन्य कर्मचारीहरुको खोजीकार्य भईरहेको जनाईएको छ । उनीहरु अख्तियारले छापा मारे संगै सम्पर्क विहिन बनेका छन् ।
अख्तियारको टोली अनुसार कार्यालय खोजतलास सक्न रातीको ११/१२ बजे सम्म समय लाग्नेछ ।
यातायात कार्यालयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.१४का वडा अध्यक्ष, प्रहरी चौकी मुजेलियाका टोली, जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, अनुसन्धान ब्युरोका प्रतिनिधि तथा संचारकर्मीहरु उपस्थित छन् ।
पछिल्लो समय यातायात कार्यालयले रकम घुस लिई चालकम अनुमति पत्र बनाउँदै आएको थियो ।