About Contact
१८ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद

मेयर भन्छन्– सामान्य कुरा हो

खोज केन्द्र सोमबार, माघ १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

आफुलाई कान्छो मेयर भन्न निकै रुचाउने धनुषाको शहीदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरियाका भाई विजय यादवले इन्जिनियर सन्जय यादवलाई कार्यकक्षमै हातपाट तथा दुव्र्यवहार गरेका छन् ।

बिल पास गर्न कमिशन मागेको भन्दै ठेकेदारी गर्ने बिजयले नगरपालिका कार्यालयमै इन्जिनियर यादवमाथि हातपात तथा दुव्र्यवहार गरेका हुन् ।

साथै इन्जिनियर यादवको कार्यकक्षमा तोडफोड समेत गरिएको छ । एक प्रत्यक्षदर्शीका अनुसार नगरप्रमुखका भाई विजयले गालीगलौज गर्दै इन्जिनियर यादवलाई हातपात गर्नुका साथै टेबलमा भएको समानहरु समेत फालेका थिए । 

इन्जिनियर यादवलाई कुट्न विजयले १५\२० जना युवा समेत कार्यालयमा लगेका थिए । १५\२० जनाले होहल्ला गरेपछि कार्यालयमा भीड नै लागेको थियो । लगत्तै सुरक्षाकर्मी समेत पुगेको र त्यसपछि अवस्थामा सामान्य भएको बताइएको छ ।

नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने, ‘यहाँका अधिकांश योजनाको ठेक्का मेयरका भाई विजय नै पाउँने गरेकाछन् । कर्मचारीबाट सानो समस्या भयो भने सधै गाली गर्नेगर्छन् । आज त हदै पार ग¥यो । कर्मचारीलाई तथानाम गाली गर्दै कुटपिट नै गरियो । 

यसरी कर्मचारीमाथि हातपात हुँदा कसरी काम गर्ने ।’ इन्जिनियर यादवले आफुमाथि भएको दुव्र्यवहारबारे खुलेर बोल्न मानेका छैनन् । उनले भने, ‘यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सरसँग सोध्नुस् ।’ तर प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवको फोन उठेन । उनी सम्पर्कमा छैनन् ।

यता, नगर प्रमुख उदय बरबरियाले कार्यालयमा सामान्य भनाभन मात्र भएको दावी गरे । उनले भने, ‘त्यस्तो केही भएन । सामान्य विवाद भयो । इन्जिनियरमाथि हातपात र तोडफोड भएको छैन ।’ उनले सामान्य कुराको समाचार नलेखिदिन आग्रह समेत गरे ।

बिजयले फेसबुकमा आफ्नै सहोदर दाई नगर प्रमुख बरबरियाको कार्यशैलीमाथि समेत प्रश्न उठाएका छन् । बिजयले फेसबुकमा लेखेका छन्, ‘एफबी (फेसबुक)मै समृद्ध नगरपालिका बन्दैन एफबी मेयर साहेब ।’

यसबारे नगरप्रमुख बरबरिया भन्छन्, ‘आवेगमा आएर लेखेको होला ।’ बिजयले इन्जिनियर यादवलाई हातपाट तथा दुव्र्यवहार गर्नु अगाडी नै फेसबुकमा स्टाटस लेखेर धम्की दिएका थिए । भनेका थिए, ‘अधिकृतलाई बिलपास गर्नुभन्दा पहिले नै कमिशन चाहियो । आमाको दुध खाएको छौं भने भोली आउ नगरपालिका, कुकुरहरु ।’

७ लाखको ग्राभेलको काम गरेको र कमिशन नदिएपछि घटाएर ४ लाखको मूल्यांकन गरेकोमा विजयले आक्रोस पोखेका छन् ।

उनले इन्जिनियरको योग्यतामाथि समेत प्रश्न तेर्साएका छन् । भारतबाट सर्टिफिकेट ल्याएका इन्ज्निियर होइन्, लोकसेवा पास गरेका इन्जिनियरको माग समेत गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा
मन्त्री कुशवाहाद्वारा समुदायिक भवन र बाउन्ड्रीवाल निर्माण शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]