About Contact
०१ जेठ २०७८, शनिबार
Close
बिज्ञापन
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो

खोज केन्द्र सोमबार, माघ १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया उडेका थिए । बिपन्न परिवारका कुर्मी साहुसंग ऋण गरेर मलेसियाको हेप्सन कम्पनीको सेलर मिलमा काम गर्न गएका थिए । तर उनको नयाँ घर बनाउने सपना सपनामै सिमित भयो । गत पुस ८ गते राति १२ बजेसम्म आफनो श्रीमती सुखी देबीसंग फोनमा गफ गरेका कुर्मी बिहान ४ बजे मृत्यु भएको खबर आयो । खबर उनका साथीले सुनाएका थिए ।

मादक पदार्थ सेवनबाट मृत्यु भएको मलेसियाको पोष्टमार्टमले जनाएको भएता पनि उनको मृत्यु मदिरा सेवनबाट नभएको परिवारको दाबी छ । उनका साडुभाइ राम प्रवेश पटेलका अनुसार उनको मृत्यु कुटपिटबाट हुनुपर्ने अनुमान गरेका छन् । राती १२ बजेसम्म श्रीमतीसंग कुरा गर्दा मदिरा सेवन गरेको जस्तो कुनै हाउभाउन नभएको साडुभाइ पटेलले बताएका छन् ।

एक धुर पनि जमिन आफनो नाममा नभएका सुकुम्बासीको रुपमा रहेका मृतक कुर्मी जमिन किनेर नयाँ घर बनाउने योजना बनाएर बिदेश गएको उनकी श्रीमती सुखी देबीले बताइन् । पतीको शोकमा डुबेकी सुखी देबीले आफनो ३ वटा छोराको भबिष्य अन्धकार भएको गुनासो गरिन् । कुर्मीको १५ बर्षीय राजेश, १२ बर्षीय रबि किसन र १० बर्षीय पवन राउत कुर्मी छोरा रहेका छन् ।

नयाँ घरमा बस्ने सपना सबै चकनाचुर भएको र उल्टै साहुको ऋण नै बाँकी रहेको सुखी देबी बताउँछिन् । मृतक कुर्मीका ७० बर्षीय बुबा महेश्वर राउत छोराको निधनले सबै सपना हावाहुरीले उडाएर लगे जस्तो भएको बताएका छन् । जेठो छोरोको रुपमा रहेका कुर्मीको निधनले आफुलाई नै अचेत बनाएको बुबा राउतको भनाइ छ । घरको आर्थिक अबस्था सबै छोरोले नै धानेको अब घरको अबस्था कस्तो होला भन्ने झन चिन्ता बढेको बुबा राउत बताउँछन् ।

कुर्मीको शब माघ ११ गते घरमा आइपुगेको थियो । एक महिना भन्दा बढी समय पछि शव घर ल्याउन सफल भएको मृतक कुर्मीका साडुभाइ राम प्रवेश पटेलले बताए । बैदेशिक रोजगार प्रर्बधन बोर्ड काठमाण्डौको सहयोगमा शव ल्याउन सफल भएको उनी बताउँछन् । शब ल्याउन परिवारको ४० हजार भन्दा बढी खर्च भएको पटेलको भनाइ रहेको छ । कुर्मीको शब ११ गते नै हिन्दु धार्मिक परम्मपरा अनुसार बागमती नदिमा दाहसंस्कार गरिएको थियो ।

कुर्मीको शब घर आएको भएतापनि उनलाई सम्बन्धित कम्पनी तथा बिभिन्न सरोकारवालाहरुले कुनै पनि किसिमको सुबिधा नदिएको परिवारको गुनासो छ । आफुले पाउने सेवा सुबिधा उपलब्ध गराइदिनको लागि सबैको सहयोगको अपेक्षा राखेको साडुभाइ पटेलले बताए ।

मृतक कुर्मी २०७२ सालमा पनि सोही कम्पनीमा सिजिनल म्यानपावर, सामाखुसी काठमाडौं माफर्त बिदेशिएका थिए । कुर्मीसंगै सो दिन १८ जनाको शव नेपाल भित्रिएको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]