धनुषा जिल्ला बिदेह नगरपालिका वडा नम्बर ३ स्थित बिमला बेलौती खोलामा झुलुङे पुल निर्माण कार्य सप्पन्न भएको छ ।
बिस्ं २०७७ असार १४ गते देखि शुरु भएको “महादेब बाबा झुलुङे पुल” निर्माण पश्चात बिदेह नगरपालिका का मेयर बेचन दासले उदघाटन गरेका हुन ।
रु ४० लाख लागतको उक्त पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष बृजमोहन मन्डलले बताए ।
नगर प्रमुख बेचन दास, अधिकृत सन्जिब कुमार साह, वडा अध्यक्ष जुमराती नदाफ, बिलटु राय, रामबृक्ष ठाकुर लगायत सर्बसधारण हरुको उपस्थितिमा उदघाटन गरिएको हो ।
गोबराहीको मन्दिर पोखरी देखि बैदेही रेलवे स्टेशन पुग्ने गरि लगभग २.५ किलोमिटर नयाँ बाटो निर्माणका लागि प्रतिबद्धता जहेर समेत गरेका छन ।