About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरमा ५७२ जनालाई जग्गाधनी प्रमाण पत्र वितरण

खोज केन्द्र आइतबार, माघ ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम उपमहानगरपालिका–२१ का ५७२ जनालाई आज जग्गाधनी प्रमाण पत्र वितरण गरिएको छ ।

नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको कुर्थामा आज आयोजित समारोहमा उनीहरूलाई जग्गाधनी प्रमाण पत्र वितरण गरेका हुन् ।

वितरण गरिएका जग्गाको नापी कार्य १० वर्षअघि नै भएकोमा स्थानीय विवादका कारण वितरण कार्य अन्योलमा परेको थियो । सो अवसरमा नगरप्रमुख साहले आपसी विवादका कारण जग्गाधनी प्रमाण पत्र नपाउने अवस्था उत्पन्न नगर्न आग्रह गरे ।

ग्रामीण भेगमा इन्च–इन्चको विवाद हुने गरेका कारण जग्गाधनी प्रमाण पत्र वितरण कार्य प्रभावित भएको चर्चा गर्दै उनले सामान्य विवाद त्यागी उदार बन्नु आवश्यक रहेको धारणा राखे ।

नापी कार्यालय धनुषाका प्रमुख सुमन मिश्रले आपसी विवादका कारण उत्पन्न हुने असहज अवस्थालाई सहज बनाउन आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]