About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
ऋणीको सम्पत्तीमा साहुको आँखा

खोज केन्द्र शनिबार, माघ १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । गणेशमान चारनाथ नगरपालिका–४ गौरीपुरका देवकिशुन काम्ती छोरीको विवाह गर्न पैसा खोज्न थाले । छोरी विवाहको कुरा भइसकेकाले पैसाको जोहो गर्न काम्तीलाई हम्मे हम्मे पर्न थाल्यो ।

गणेशमान चारनाथका साहु सतिश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी समुन्द्री देवी ऋण दिन उनले आग्रह गरे । साहुले पैसा सहजै दिन मानेन् । जग्गा पास गरे मात्रै पैसा दिने साहुले अडान लिए । काम्तीले २१ लख ऋण लिएर सात कट्ठा घडेरी तीनै जना साहुको नाममा पास गरदिए ।

तीनै जना साहुसंग उनले ०७३ भदौंमा सात सात लाखको दरले लिएर श्रीमती विद्या कामतीको नाममा रहेको तेजनगरको ६ (क) किता नम्बर ४६४ का सात कट्ठा घडेरी पास गरिदिए । १८ लाख खर्चेर कान्छी छोरी पूनमको विवाह सम्पन्न गरे । बाँकी पैसाले घर निर्माण सुरु गरे । घर निर्माणका लागि त्यो पैसा अपुग भएपछि ०७३ असोज ६ मा उनले पुनः समुन्द्री र सतिशबाटै साढे सात लाखको दरले १५ लाख ऋण लिए । सो रकमबाट घर निर्माण पूरा गरे ।

घर निर्माणको लागि १५ लाख लिएको बेला तेजनगरका ६ (क) का कित्ता नम्वर १२ का १५ कट्ठा १० धुर र कित्ता नम्वर ८२४ का ३ कट्ठा १५ धुर जग्गा (खेत) साहु समुन्द्री र सतिशको नाममा रजिष्टरी पास गरे । ऋण लिएको एक वर्ष पछि काम्तीले दश कट्ठा खेत विक्रि गरी साहुलाई १७ लाख दिएर मिनहा गर्दिन र खेत फिर्ता गर्दिन आग्रह गरे । साहुले पैसा लिएर चार दिनपछि फिर्ता गर्दिने आश्वासन दिए । तर, दुवै कित्ताको १९ कट्ठा ५ धुर जग्गा साहुद्वयले फिर्ता नगरी अर्काको हातबाट विक्री गरेपछि काम्ती न्यायको लागि भौतारिन थालेको छ ।

साहु रकम लिएर पनि जग्गा फिर्ता गर्न मानेनन् । जग्गा फिर्ता गरिदिने भनेर पटक पटक साहुले ढाँटे । करिब एक महिना अगाडी साहुले अन्य व्यक्तिको हातबाट जग्गा विक्री गरेपछि काम्ती चिन्तित छन् । ऋण तिरेपछि जग्गा फिर्ता गर्ने सहमती भएपनि साहुले अर्काको हातबाट जग्गा बेचेपछि अन्यायमा परेका छन् । पीडित काम्तीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा न्याय पाउनको लागि निवेदनसमेत दिएका छन् । तर उनी न्याय पाउने अवस्था छैन । काम्तीले ३६ प्रतिशत ब्याज दरमा तीन गुणा बढीको तमसुक बनाएका छन् । जग्गासमेत पास गरेका छन् ।

सतिश, नन्दकिशोर र समुन्द्री गाउँघरका चर्का ब्याजी हुन् । जग्गा रजिष्टरी पास गर्नुका साथै कपाली गरेपछि मात्र ऋण दिन्छन् । तिनैजना रकम लगानी गर्ने बिजनेश पार्टनर हुन् । उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कैयौं उजुरी परेको स्रोतको दावी छ । तर प्रहरी प्रशासनले नै संरक्षणमा लागेको पीडितहरुको आरोप छ ।

तीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिरेर जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो । हिसाब गरेर उनले ६८ लाख तिर्नुपर्ने सुनायो । म सहमत भए । तर ऋण तिर्न जग्गा बेच्न लाग्दा बिगार्ने काम मेयर यादवले गरेँ ।’ मेयर यादवको संरक्षण पाएर (साहु)ले आफुमाथि अन्याय गरेको उनको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]