धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि भएको पाईएको छ । धनुषा प्रहरीले १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद भए संगै तस्करी बढेको खुलासा भएको हो । खजुरीमा रहेको नेपाल प्रहरी र शस्त्रप्रहरीकै मिलोमतोमा झन तस्करी फस्टाएको हो ।
भन्सार चोरी तस्करी तथा छलि नियन्त्रण नियमन गर्ने निकाय नेपाल प्रहरी, शस्त्रप्रहरी तथा भन्सार कर्मचारीहरुकै मिलोमतोमा तस्करी बढेको ब्यापारीहरु बंताउछन ।
भन्सार छलि तथा तस्करी हुंदा दैनिक लाखौं राजश्व घाट हुंदै आएको भन्सारका एक कर्मचारीले बताए । शस्त्र तथा नेपाल प्रहरीका घुमुवाहरु समेत तस्करहरुबाट रकम लिई तस्करीलाई बढावा दिएको उनको तर्क छ ।
तस्करी बढेको समाचार बाहिर आए पछि ई.प्र.का. खजुरी धनुषाबाट खटिएको प्रहरी गस्ति टोलिले धनुषाको बिदेह न.पा. १ ठाडी स्थित रहेको लालबावु पंजियारको घरमा राखेको अबैध भन्सार चोरी निकाशी गरि ल्याएका अन्दाजी मुल्य रु. १३ लाख ३२ हजार २ सय बरावरको लत्ताकपडाहरु बरामद गरेको छ ।
उक्त मालसामान रितपुर्वक नियन्त्रणमा लिई आश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाईएको ई.प्र.का.खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकयाले जनकारी दिए ।