जिल्ला सिरहा अन्तर्गत विभिन्न स्थानहरुमा सार्वजनिक विदा शनिबारको दिन जिल्ला प्रशासन कार्यालयबाट सरकारी सवारी साधनहरु चलाउन वितरण गरिने ‘पास’ विना चलाईरहेको अवस्थामा ८ (आठ) वटा सरकारी मो.सा. हरु प्रहरीले नियन्त्रणमा लिइएको छ।
सम्बन्धित मो.सा. का कार्यालयका कर्मचारीहरुलाई प्रथम पटक चेतावनी दिई अब आइन्दा जिल्ला प्रशासन कार्यालयको पास विना सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचलाउने सर्तमा सम्बन्धित कार्यालयको कर्मचारीलाई ३ बजे तिर जिम्मा लगाईएको छ ।