About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
टिकटकले जनकपुरमा अश्लिलता बढ्यो, जानकी मन्दिर तथा बिबाहमण्डप प्रमुख केन्द्र

जिल्ला प्रशासन धनुषा मौन

खोज केन्द्र बिहिबार, माघ ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

निकै लोकप्रिय बनेको टिकटकले जनकपुरमा अश्लिलता बढाएको पाईएको छ । टिकटकरहरुले जानकी मन्दिर, बिबाहमण्डप, स्वर्ग द्वार तथा गंगा सागर मा अश्लिल भिडियो बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ । 

जनकपुरधाम वडा नं ५ निवासी गणेश साहले प्रशासन कार्यालयमा उजुरी गरेका हुन । 

स्कुले वालबालिका तथा युवायुवत्तीहरुले अश्लिल भिडियो बनाउंदै आएको उजुरीमा उल्लेख छ ।  

अन्तरास्ट्रीय रुपमा चर्चित मोबाईल एप तथा भिडियो सेयरिङ प्लेटफर्म टिकटकका प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बढेको पाइएको छ । 

यसको प्रयोगकर्ता जसले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता तथा धार्मिक  स्थलमाथि प्रहार भइरहेको प्रहरीको ठहर छ । यसै बिषयलाई लिएर पश्चीमी देशले आफ्नो देशमा टिकटक बन्द नै गरेका छन भने छिमेकी देश भारतले पनि सुरक्षा कै कारण देखाई टिकटक बन्द गरेको छ ।

बैंकका कर्मचारी , नेपाल प्रहरी , नेपाली सेनाले ड्युटी यूनीफर्ममा नै  भिडियो बनाई सार्वजनिक गर्ने गरेको पाईएको छ । आफुलाई चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड ,गाली गलौज गरिदिने प्रवृत्ति बढेको छ ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा टिकटकले अपराधिक घटनालाई बढ़ावा दिईरहेको छ।

सरकारले यस्ता एपको समयमानै कानून को दायरामा नराखें वा बन्द नगरे सुरक्षाकर्मी तथा प्रशासन  कै टाउको दुखाईको बिषय नबन्ला भन्न सकिन्न । 

अभद्र व्यवहार गर्ने,रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत कार्य दिन प्रति दिन बढीरहेको छ ।’टिकटकबाटै मानसिक तनाब , हिंसा भइरहेको भन्दै प्रहरीकोमा उजुरी दिन पुग्ने महिला संख्या पनि बढेको छ । 

कोही यही टिकटक कै कारण आफु चर्चित तथा भाईरल हुने रहरले जोखिम लिएर भिडियो बनाएका छन भने केहिको त अनाबस्यक दुर्घटनामा परि मृत्यु समेत भएको छ र यस्तै घटना नेपालमा पनि बढ़ीरहेको छ ।

अबको समय सरकारले यस टिकटक बन्द गर्ने की यस्ता घटनालाई प्रश्रय दिने हो आगामी दिनले बताउने छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]