पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादवको आलोचना र विरोध भईरहेको अवस्थामा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा जसपाकै संंघर्र्ष समिति गठन गरिएको छ ।
पार्टी र सहिदको वलिदानीलाई जोगाउन भन्दै संघर्ष समिति गठन गरिएको हो । समितिमा किशोरी यादव, इन्दु नारायण मण्डल, पवन कुमार मण्डल, रामचन्द्र चोरवार, दिव्या देवी दास, सरोज कुमार मण्डल, प्रमोद कुमार मण्डल र मनोज कुमार दास रहेका छन् ।
समितिमा धनुषा क्षेत्र नं.२ का विभिन्न स्थानिय तहका ८ जना चयन गरिएको छ । पछिल्लो समय जसपा अध्यक्ष यादवले धनुषा क्षेत्र नं.२ लाई उप्पेक्षा गरेको र प्रतिनिधिहरुलाई समेत मानर्मदन गरेको समितिको आरोप छ ।
धनुषा क्षेत्र नं.२ का सांसद तथा अन्य पादाधिकारी वा कार्यकर्तालाई अवहेल्ना गरे अध्यक्ष यादवलाई जवाफ दिन र सहि ट्रयाकमा ल्याउन समिति केन्द्रित रहेको बताईएको बताईएको छ ।