About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

खोज केन्द्र सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही समयअघि नेपाल आएकालाई निगरानीमा राखेको थियो । निगरानी राखेकामध्ये छ वटा नमूनाको सार्स कोभ–दुईको परीक्षण गर्दा नेपालमा तीन नमूना एस जीन टार्गेट नेगेटिभ पाइएको थियो ।

 

नयाँ प्रजातिको सङ्क्रमण हो कि होइन भनेर पुष्टि गर्न गत पुस २७ गते उनीहरुको नमूना विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा हङकङ पठाइएकामा तीन नमूनामा सो प्रजाति पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

उक्त नमूनाको नजिता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई इमेलमा आज प्राप्त भएको उहाँले बताउनुभयो । “तीन जनामा बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि १।१।७ तथा २० बि÷५०१ वाई भी वान भएको पुष्टि भएको छ”, डा गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भइसकेको छ भने ६७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको मन्त्रालयले जनाएको छ ।

 

नेपालमा कोरोनाको भ्याक्सिन उपलब्ध नहुञ्जेलसम्म उच्च सावधानी अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ । “सकेसम्म भीडभाडमा नजाने, जानु परे पनि दुई मिटरको दूरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउने र साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु नै मुख्य रोकथामको उपाय भएकाले यसलाई अपनाउन सबैमा अनुरोध छ”, डा गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]