About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेस २: सत्यकर्मी सत्यनारायण आलोक, तर प्रदेस सरकारको आंखा पुगेन

खोज केन्द्र आइतबार, माघ ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरको ज्ञानकूपमा रहेको याज्ञवल्क्य संस्कृत विद्यापीठको दक्षिण–पश्चिमछेउमा २९ चैत २०६६ मा महीना नपुगेर जन्मिएको नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि त्यहीं नजिक बस्ने ४० वर्षिय सत्यनारायण आलोकले अञ्चल अस्पताल जनकपुरमा भर्ना गरिदिए । ती बालिकाको स्वास्थ्य राम्रो हुँदै गएपछि उनले आफैं भरणपोषण गर्ने निर्णय गरेर देशना आलोक नाम पनि दिए ।

त्यो वेला बाध्यताले थालेको बेसहारा बालबालिका पाल्ने कामलाई निरन्तरता दिने निर्णय गरेपछि अहिले त्यसैगरी भेटिएर उनले नयाँ जीवन दिएका साधना, आराधना, अर्चना, चिराग र अर्पणा स्कुल पढ्ने भएका छन् । यो सबै कामका लागि केही निजी संघ–संस्थाबाट सहयोग लिएका उनले सरकारी निकायबाट केही लिएका छैनन् ।

अहिले सत्यनारायणले ‘सदगुरु कविर अनाथ बालवात्सल्य आश्रम’ नै निर्माण गरेर ती बालबालिकाको हेरचाह गर्न तीन जना महिलालाई काम पनि दिएका छन् ।

बेवारिसे शिशुहरूलाई पाल्न उनले आश्रम खोलेको खबर फैलिएपछि धनुषा र महोत्तरीका गाउँबाट समेत बेवारिसे शिशु फेला पर्दा उनलाई खबर आउन थालेको छ । शिशु अवस्थामै त्यहाँ ल्याइएका बालिकाहरू सम्भावना र अर्चनाको भने केही समयअघि निधन भएको छ ।

महोत्तरीको विजलपुरा–३ घर भएका सत्यनारायण वि.सं. २०५७–२०५८ मा भक्तपुर, गुण्डुको उच्च माविमा शिक्षक थिए । त्यहाँबाट जनकपुरको विज्ञान अध्ययन केन्द्रमा पढाउन पुगेका उनी २०६३ मा योग साधना सिक्न भारतको इलाहावाद गए । त्यहाँबाट फर्केपछि आध्यात्मिक बाटोमा लागेका उनी बालबालिकासँगको लगावले विवाहतर्फ पनि ध्यान नगएको बताउँछन् । उनी भन्छन्, “अब त विवाह गर्ने सोच पनि आउन छाड्यो ।”

जनकपुरका युवा क्लब र संघसंस्थाहरूले आफ्नो वार्षिकोत्सवमा चामल, दाल, बिस्कुट, चाउचाउ दिए पनि आश्रम चल्न दैनिक रु.५ हजार खर्च हुने उनी बताउँछन् । त्यही भएर प्रदेस सरकार र जनकपुर उपमहानगरपालिकालाई सहयोगका लागि गुहारे पनि अहिलेसम्म सहयोग भने पाएका छैनन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]