About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुरमा किर्ते गरी पाँच बिघा जग्गा नामसारी, पूर्वमन्त्री, साँसद तथा स्थानीय नेताहरुनै किर्तेमा सक्रिय

खोज केन्द्र शनिबार, पौष १९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर – सार्वजनिक तथा गुठ्ठी जग्गामा भूमाफियको गिद्धे नजर परेको जनकपुरमा धनुषा मालपोत कार्यालयले किर्तेकागजात खडा गरी एक जनाको जग्गा अर्कैलाई नामसारी गरिएको खुलेको छ । भूमाफियाको प्रभावमा मालपोत कार्यालयले हकवालालाई थाहै नदिई अर्कैलाई जग्गा नामसारी गरेपछि मालपोत कार्यालय प्रमूख र फँटवाला कर्मचारी अनुसन्धानमा तानिएपछि किर्तेमा एक पूर्वमन्त्री, केहि सांसद र स्थानीय नेताहरु नै किर्तेमा सक्रिय रहेको पाईएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.–१९ साविक बेंगाशिवपुर गाविस–७ (क) स्थित कौशल किशोर ठाकुरको नाममा रहेको किता नं ४८८ को १७ धुर र कित्ता नं ४८९ को ५ विघा ६ कठ्ठा १० धुर जग्गा धनुषा मालपोत कार्यालयले किर्ते हकवाला खडा गरी नामसारी गरिदिएको तथ्य बाहिरिएको हो । विस.२०२३ सालमा नापी हुँदा फिल्ड बुकमा उल्लेखित साविक बेंगाशीवपुर गाविस–७ (क) स्थित ठाकुरको नाममा रहेको जग्गा २०७६ जेठ २८ गते तत्कालिन मालपोत अधिकृत रामबाबु मण्डल र फाँटवाला नायव सुब्बा गुरु भट्टले जनकपुर उपमहानगरपालिका–१० का सूर्य नारायण वैष्णवको नाममा नामसारी गरे ।

किर्तेअघिको जग्गाधनि कौशल किसोर ठाकुर र वैष्णवको बाबुको नामपनि कौशल किसोर नै रहेकाले दुवै जना एउटै व्याक्ति भएको किर्ते कागजात खडा गरी ठाकुरको जग्गा वैष्णवको नाममा नामसारी गरे । मालपोत अधिकृत मण्डल र नायव सुब्बा भट्टको मिलेमतोमा उक्त जग्गा सूर्यनारायण वैष्णवले आप्mनो बनाएका हुन् । ठाकुरको नाति बताउने गुरुशरण सिंह ठाकुरले आपूmहरुको जग्गा किर्ते गरेर अरुको नाममा पास गरिदिएको दावी गरे । उनले उक्त निर्णय बदर गरी वास्तविक हकवाला पहिचान गरी जग्गा नामसारीका लागि कानुनी प्रक्रिया अपनाउने बताए ।

मालपोत अधिकृत रामबाबु मण्डल मालपोत कार्यालय धनुषाबाट सिरहा सरुवा भएको अघिल्लो दिन २०७६ जेठ २८ गते ठाकुरको जग्गा बैष्णवको नाममा नामसारी गरिदिने गरी उनकै एकल इजलासले फैसला गरिदिएपछि विवाद उत्पन्न भएको हो । तत्कालिन मालपोत प्रमूख मण्डलको २०७६ जेठ २९ गते सिराहा मालपोत कार्यालयमा सरुवा भएका थिए । फैसला भएको एक साताभित्र प्रमाणसहित कागजात पेश गर्न भनिएपनि भोलिपल्टै जेठ २९ गते नै कौशलकिसोर ठाकुरको नाममा रहेको कित्ता नं ४८८ को १७ धुर र ४८९ को ५ विघा ६ कट्टा १० धुर जमिन सूर्यनारायण वैष्णवको नाममा नामसारी गरी लालपूर्जा प्रदान गरिएको थियो । तर ठाकुर र वैष्णवको तीन पुस्ते वंशावली मिल्दैन ।

धनुषा जिल्ला प्रशासन कार्यालयवाट २०५२ कात्तिक २२ मा लिएको नागरिकता प्रमाणपत्र र नाता प्रमाणितमा सूर्यनारायण वैष्णवको बाबु कौशल किसोर दास उल्लेखित छ । साथै कौशल किसोर दासको नाममा बेंगाशीपुर गाविस –७ (ख) मा कित्ता नं ११ को क्षेत्रफल १५ कठ्ठा १४ धुर र कित्ता नं ७० को क्षेत्रफल १६ कठ्ठा १५ धुर जमिन रहेको देखिन्छ । तर मालपोत कार्यालयका तत्कालिन प्रमूख रामबाबु मण्डल र गुरु भट्टले दास र ठाकुर एउटै व्याक्ति प्रमाणित गर्दै वैष्णवको नाममा जग्गा नामसारी गरिदिएकाले उनीहरु विरुद्ध आर्थिक प्रलोभनमा परी अर्काको जग्गा किर्तेजालसाझी गरी अख्तियार दुरुपयोग गरेको अभियोगसहित २०७६ असार १६ गते उजुरी दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फैसलाको सक्कल फाइल नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।

उक्त जग्गा मालपोत कार्यालयको धनिपूर्जा तथा नापीको फिल्डबुकमा दर्ता रहेको कौशल किसोर ठाकुर, श्रीमति कौशल्या देवी, उनको छोरा रामशिष सिंह ठाकुर र उनको पत्निको समेत मृत्यु भइसकेको जनाउदै ठाकुरको नातिहरु गुरुशरण सिंह ठाकुर रामबालक सिंह ठाकुर र विजय सिंह ठाकुरले पूख्यौंली जमिनको हकवाला आपूmहरु भएको दावी गदै कानुन बमोजिम नामसारी गरिदिन मालपोत कार्यालयमा २०७५ साउन ६ गते निवेदन दर्ता गराएका थिए ।

उनीहरुले आर्थिक वर्ष ०७५÷७६ सम्म मालपोत रकम समेत बुझाएको बताए । तर नापीको फिल्डबुकमा कौशल किसोर ठाकुरको नाममा दर्ता रहेको जग्गाको चार जनाले हक दावी गर्दै नामसारीका लागि निवेदन दिएका थिए । चार जनाले कौशल किसोर ठाकुरको वंशावली तीन पुस्ते विवरण समेत फरक फरक पेश गरेका छन् ।

पहिलो हकदार दावी गर्ने ठाकुरको नाति दावी गर्ने गुरुशरण, राम बालक, र विजयकुमार भारतको सितामढी बसाई सरेका छन् । उनीहरुले कौशल किसोर ठाकुरको जग्गाको हकवाला बाबु आमआशिष सिंह ठाकुर र आमाको मृत्यु भइसकेकोले जग्गाको हकवाला तीन भाई नातिहरु भएको तीन पुस्ते वंशावली विवरण पेश गरेका छन् । उनीहरु भारतको सितामढी ग्राम पञ्चायत राजपचनौर थाना वेल्सन बस्दै आएका छन् ।

उनीहरु जस्तै भारत सितामढी जिल्ला अथरी रुन्नी सैदपुरका महेश ठाकुरले समेत आपूm त्यही जग्गाधनि कौशल किसोर ठाकुरको नाति विलट ठाकुरको छोरा भन्दै जग्गा नामसारी गरिदिनुपर्ने दावी गर्दै निवेदन दिएका छन् । उनले पेश गरेको वंशावलवीमा कौशल किसोर ठाकुरको छोरा विलट ठाकुर भएकोले बाजेको जग्गाको एक मात्र हकवाला दावी गर्दै आप्mनो नाममा नामसारीको लागि निवेदन दिएका थिए । त्यही जग्गा जनकपुर उपमहानगरपालिका–१० मा स्थायी ठेगाना हाल सर्लाही जिल्ला वसवरिया गाविस वडा नं २ का हेमन्त ठाकुरले मेखी ठाकुरको छोरा कौशलकिसोर ठाकुर आप्mनो बाबु भएको दावी गर्दै माग नामसारी गरिदिन माग दावी गर्दै निवेदन दिएका थिए ।

तर मालपोत कार्यालय ले कौशल किसोर ठाकुर र कौशल किसोर दास एउटै व्याक्ति भएको र ठाकुरको छोरा ठह¥याउदै जनकपुर उपमहानगरपालिका– १० का सूर्यनारायण बैष्णव को नाममा २०७६ जेठ २८ गते मालपोत कार्यालय धनुषाका प्रमूख नापी अधिकृत रामबाबु मण्डलको एकल इजलासले फैसला गरी नामसारी गरिदिएको छ । सूर्यनारायण वैष्णवले आप्mनो वंशावलीमा भेखीको नाति कौशल किसोर ठाकुरको छोरा सूर्यनारायण वैष्णव भनेर प्रमाणित गरी जग्गा नामसारी गरिदिएको देखिएको छ ।

र उक्त जग्गा खिचलो मुद्धाको सम्पूर्ण मिसिल तत्कालिन नापी कार्यालयका नायब सुब्बा गुरु भट्टले सम्पूर्ण कागजात तयार गरेको मालपोत कार्यालयका सूचना अधिकारी मोहम्मद इजहार राइनले बताए । मालपोत अधिकृत मण्डल र नायव सुब्बा भट्टले जग्गाधनि ठाकुरको छोरा सूर्य नारायण वैष्णव भएको ठहर गरी जग्गा नामसारी गरिदिएका थिए । तर फिल्डबुकमा लालपूर्जा र नापीको फिल्डबुकमा दर्ता रहेको कौशल किसोर दासको नाममा कित्ता नं ११ को क्षेत्रफल १५ कµा १४ धुर र कित्ता नं ७० को क्षेत्रफल १६ कठ्ठा १५ धुर रहेको देखिन्छ । उक्त जग्गा दावी गर्ने चार जनाको जात, बंशावली, तीन पुस्ते र समुदायको विवरण फरक परेको छ ।

ठाकुरको जग्गा नामसारी गरेका बैष्णवले आप्mनो नाममा नामसारी गरिदिने मालपोत कार्यालय विरुद्ध प्रतिषेधको आदेश जारी गराइपाउ भनि २०७६ असार ६ गते उच्च अदालत धनुषामा दर्ता रिट निवेदन दर्ता गराएका छन् । साथै २०७६ जेठ २८ गते फैसला गरी जेठ २९ गते आप्mनो नाममा नामसारी गरी लालपूर्जा प्राप्त गरेका वैष्णवले तत्काल निर्णय बदर नगरियोस् भन्ने आशयले रिट निवेदन दिनु आफैमा शंकास्पद रहेको अधिवक्ता खासमान लिम्बूले बताए । उनले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा किर्ते जालसाजी गर्नेलाई कारबाहीको व्यावस्था रहेको बताए । मालपोत कार्यालयका तत्कालिन प्रमूख रामबाबु मण्डल र नायव सुब्बा गुरु भट्टले गरेको निर्णय उपचार अख्तियार अनुसन्धान आयोगले सक्कल फाइल छानवीन गरिरहेको धनुषा मालपोत मालपोत अधिकृत वासु कोइरालाले बताए ।
उक्त किर्ते जग्गा नामसारीमा मधेसबादी दलका एक पूर्वमन्त्री, तथा केहि सांसद र स्थानीय नेताहरु नै सक्रिय रहेको पाईएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेकाले सम्बन्धित निकायले नाम खोलाउन मानेन् । छिट्टै उनीहरुको नाम सार्वजानिक गरिनेछ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]