About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

खोज केन्द्र शनिबार, माघ ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतमा शनिवारबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको छ ।

भर्चुअल सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको उद्ध्घाटन गरेका छन् ।उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल प्रणाली विश्वमा नै विश्वस्नीय रहेको दावी पनि गरेका छन् ।

नयाँदिल्लीस्थित एम्स अस्पतालमा कोरोना विरुद्धको पहिलो खोप लगाइएको थियो । त्यहाँ एम्स अस्पतालका निर्देशक डा रणदीप गुलेरियाले पहिलो खोप लगाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

‘टीकाकरण’ नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत बीजेपी सांसद डा महेश शर्मा कोरोना  खोप लगाउने पहिलो सांसद बनेका छन् । पहिलो चरणमा ३ लाखभन्दा बढी स्वास्थ्यकर्मीसँगै प्रभावित समूहलाई भ्याक्सिन दिइनेछ । त्यसका लागि हाल २ हजार ९०० भन्दा बढी भ्याक्सि केन्द्र निर्माण गरिएको छ।

भारतमै उत्पादन भएको कोभिसिल्ड र कोभ्याक्सिन ‘टीकाकारण अभियान’ मा प्रयोग हुनेछ। ती दुवै भ्याक्सिनले गत जनवरी ३ मा आपतकालिन प्रयोगको स्वीकृति पाएको थियो।

भारतमा कोरोना संक्रमण गत वर्षको जनवरी ३० मा देखिएको थियो। हालसम्म भारतमा १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भइसकको छ।

एजेन्सीहरु

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]