About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

खोज केन्द्र बुधबार, पौष २९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत निरीक्षण गर्नु भएको छ ।

प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणको पुगेको बेला मुख्यमन्त्री राउत सहितको टोलीले स्थलगत निरीक्षण गर्नु भएको छ ।

निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले उक्त योजनाको प्रगतिवारे जानकारी लिनु हुँदै दुई साता भित्र पहिलो चरणको कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको छ । उहाँले पहिलो चरणको कार्य सम्पन्न भए लगतै जानकी मन्दिरलाई थप आकर्षक बनाउन दोस्रो चरणको कार्य शुरु गरिने जानकारी समेत गराउनु भयो ।

दोस्रो चरणको योजनाको लागी मन्दिर संग सरोकार राख्ने महन्थ, नागरिक समाज , राजनीतिकर्मी ,संचारकर्मी समेतको राय सुझाव लिन समेत उहाँले परियोजना प्रमुखलाई निर्देशन दिनु भएको हो ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिर परिसरमा गाडीलाई पूर्ण प्रतिवन्ध गर्नुका साथै श्रद्धालुहरुलाई जुत्ता चप्पल समेत परिसर बाहिरै राख्न लगाउनका लागी सुरक्षाकर्मी परिचालन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई निर्देशन समेत दिनु भयो ।

मन्दिरलाई सधैभरि सफा राख्न प्रदेश सरकारले सफाई कर्मी नै नियुक्त गर्ने जानकारी गराउनु हुँदै मुख्यमन्त्री राउतले मन्दिरको सौन्दर्यीकरणको लागी रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले मन्दिरको अगाडीमै रहेको जानकी फुलवारी सौन्दर्यीकरणको कामलाई समेत अगाडी बढाउन निर्देशन दिनु भएको हो ।

सोही अवसरमा मुख्यमन्त्री राउतले मन्दिर परिसरमा जडान गरिएको टावर लाइटको उद्घाटन समेत गर्नु भएको छ ।

स्थलगत निरीक्षणको क्रममा जनकपुरधाम उपमहानगरका प्रमुखलाल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव यम भुषाल, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, स्वच्छता अभियानका डिई भगवान झा सहितको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]