About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’अन्तर्गत ४ हजार ३७३ छोरीको बीमा

खोज केन्द्र शनिबार, पौष १९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत ‘छोरी शिक्षा बीमा’ अन्तर्गत ४ हजार ३७३ छोरीको बीमा भएको छ ।

प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले शुरु गरेको ‘मुख्यमन्त्री पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत ४३७३ जनाको बीमा भएको हो । अन्य तीनहजार छोरीको बीमाको अन्य प्रक्रिया पूरा भएर रकम जम्मा गर्ने प्रक्रियामा रहेको पढाऊ बेटी बचाऊ कार्यक्रमकी संयोजक प्रियंका यादवले बताइन् ।

प्रदेश २ सरकारले १ माघ २०७५ पछि जन्मिएका छोरीहरुको बीमा गर्ने कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने घोषणा गरेको थियो । करीब एकवर्षमा अपेक्षित बीमा नभएको भन्दै २–८ माघसम्म ‘छोरीको शिक्षा बीमा सप्ताह’ कार्यक्रम घोषणा गरिएको छ ।

सप्ताहव्यापी बीमा कार्यक्रम प्रत्येक पालिकामै हुने र अहिले त्यसको समन्वय भइरहेको यादवले जानकारी दिइन्। बीमा कार्यक्रमको उद्घाटन फागुन २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।

यस कार्यक्रम अन्तर्गत सरकारले छोरीको ब्यांक खातामा १३ हजार ६४६ रुपैयाँ १५ पैसा राखिदिने र २० वर्षपछि एकलाख २५ हजार हुनेछ । सो रकम निकाल्न २० वर्ष पूरा गरेको र माध्यमिक शिक्षाको अध्ययन पूरा गरेको प्रमाणपत्र हुनुपर्ने सर्त राखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]