लाईन्स क्लवका संस्थापक मेलिवन जोन्सको १४२औं जन्म जयन्तीको अवसरमा लाईन्स क्लवले अस्पताल पुगी बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।
जनकपुरधाम पौष २९ गते
जनकपुरधाम स्थित रहेको जनकपुर प्रदेशिक अस्पतालमा रहेको बिरामीहरुलाई लाईन्स क्लव द्धारा फलफुल वितरण गरिएको छ ।
लाईन्स क्लवका संस्थापक मेलिवन जोन्सको १४२औं जन्म जयन्तीको अवसरमा लायन्स क्लव जनकपुर, लायन्स क्लव जानकी र लायन्स क्लव आस्थाको सन्युक्त आयोजनामा १६० जना बिरामीहरु लाई फलफुल सामाग्री वितरण गरेको छ ।
लायन्स क्लव जनकपुरधामका अध्यक्ष रिषीकेश साहको अध्यक्षतामा अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण गरिएको हो ।
प्रत्येक वर्ष झै गत वर्ष पनि जनजाति कल्याण आश्रम आमाको माया छात्रावासका बाबालबालिकाहरूलाई एक महिनाको कपि कलम,फलफूल, आदि खाने समानहरू वितरण गरिएको ।