धनुषाको विदेह नगरपालिकामा जारी प्रथम मेयर कप क्रीकेट प्रतियोगितामा स्माट एलेभेन क्रीकेट टिम फाइनलमा पुगेको छ।
प्रथम मेयर कपको आज ९ औं दिन सेमिफाइनल खेलमा विदेह नगरपालिकाकै स्माट एलेभेन क्रीकेट टिम भर्सेज धनुषाको सबैला नगरपालिकाको क्रीकेट टिम भएको खेलमा स्माट एलेभेन टिम ४४ रनले विजय हासिल गर्दै फाइनल खेलमा पुगेका आयोजक महेश यादवले बताए ।
सो खेलमा स्माट एलेभेन टिमले सबैला नगरपालिकाको टिमलाई दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउँदै सबैला नगरपालिकाको टिमले १ सय ४० रनमै ओभर समाप्त भएपछी स्माट एलेभेन टिमले विजय भएको छ।