दिलिप महतोलाई पर्यावरण सहिद घोषण गर्न काठमानडौकोमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
गत बर्ष अर्थात २०६६ साल आशिन २५ गते को दिन ओम प्रकाश महतो दिलिप लाई अबैध खोला उत्खनन रोक्न गएको बेला टिपरले किचेर हत्या गरिएको थियो र आज उहा को स्मृति दिवसको अवसरमा काठमानडौको माइतीघरमा महोत्तरी युवा संजालको सहकार्य र युथ एसिओसन ओफ नेपाल को आयोजना मा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको सन्चालन बित्तु मिश्रले गरेको थियो भने समाज सेवि सरोज राय ,नरेन्द्र खतिवडा र महोत्तरी युवा संजालको अध्यक्ष चुडामणिा यादवले कोन सभालाई आयोजकको तर्फबाट सम्बोधन गरेको थियो ।
कार्यक्रमको मुख्य उदेश्य दिलिपको हत्याराहरुलाई सजाय दिइ दिलिपलाई पहिलो पर्यावरण सहिद घोषण गर्नुपर्ने रहेको आयोजहरुले बताएको छ ।