About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
भारतीय जी न्यूजको टोली काठमाडौंमा

खोज केन्द्र शनिबार, पौष २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको लागि भारतीय समाचार च्यानल जी न्यूजका सुधीर चौधरीलगायत तीनजना अहिले शनिबार दिउँसो एअर इण्डियाको उडानबाट काठमाडौं उत्रेका छन् ।

विमानस्थलबाट सोझै बौद्धस्थित हायात होटल गएका उनीहरूले भोलि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने कार्यक्रम रहेको स्रोतले बताएको छ ।

जी न्यूज त्यहि च्यानल हो जसले नेपालले नयाँ नक्सा जारी गरेपछि चिनियाँ राजदूत हौ यान्छी र प्रधानमन्त्री ओलीलाई जोडेर आधारहीन समाचार लगातार प्रशारण गरेबापत नेपालभर प्रशारण बन्द हुनेमा परेको थियो ।

यसैबीच नेकपा (बहुमत) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आजै दिउँसो स्वदेश फर्कनुभएको छ । दाहाल नेपाल वायुसेवाको उडानमा नयाँ दिल्ली हुँदै आउनुभएको हो । उहाँ श्रीमती सीताको उपचारको निम्ति गत सोमबार मुम्बई जानुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]