About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति, ७ माघभित्र रकम भुक्तानी गरिसक्ने (पुरा विवरण सहित)

खोज केन्द्र शुक्रबार, पौष १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकार र उखु किसानबीच पाँचबुँदे सहमति भएको हो ।

७ माघभित्र चिनी उद्योगीहरुले उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने सम्झौता भएको छ ।सरकारसँगको सहमति हस्ताक्षरपछि उखुको बक्यौता नपाएको भन्दै दुई सातादेखि काठमाडौंमा आन्दोलन गर्दै आएका उखु किसानले आन्दोलन फिर्ता लिएका छन् ।

पाँचबुँदे सहमतिपत्रमा सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दिनेश भट्टराईले र उखु किसानको तर्फबाट संघर्ष समितिका सचिव हरिश्याम रायले हस्ताक्षर गरेका छन् । सहमतिपत्रको पहिलो बुँदामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको उखु किसानहरुको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरुले ७ माघभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख गरेको छ ।
यसैगरी दोस्रोमा उखु किसान र सञ्चालकहरुसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउने किसानलाई समयमै मल, बीउलगायत मेसिन उपलब्ध गराउने पत्रमा उल्लेख छ ।

यस्तै चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्न सक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखु वापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई अवश्यक चालु पुँजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्न तथा उखु किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिद बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने जनाएको छ ।

यसैगरी पत्रमा स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु चिनी उद्योगी किसान प्रतिनिधि र विज्ञहरुसमेत रहेको कार्यदल गठन गर्ने र कार्यदलको प्रतिवेदनअनुसार कार्यान्वयन गर्ने सझौता पत्रमा उल्लेख गरेको छ ।

यसैगरी तेस्रो बुँदामा नेपाल सरकारबाट उखु किसानलाई उपलब्ध गराइने अनुदान वापतको रकम किसानहरुले समयमै नपाएको गुनासोका सम्बन्धमा समयमै पर्याप्त रकम निकासाको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अर्थ मन्त्रालयमा अनुरोध गरी पठाउने पत्रमा उल्लेख छ ।

यसैगरी सम्झौता पत्रमा उखु किसानहरुको भुक्तानी, चिनीको आपूर्तिलगायतका विषयमा कुनै समस्या गुनासो भए उखु किसान र उद्योगीहरुले तत्काल जानकारी गराउन र सोको सम्बोधन गर्न उद्योग, वाणज्यि तथा आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखाको रुपमा तोक्ने उल्लेख गरेको छ ।
सहमतिपत्रको अन्तिम बुँदामा भुक्तानीका लागि काठमाडौंमा आई सरकारसमक्ष समेत माग राखेकोमा किसानहरुले शुक्रबारबाट ध्यानाकर्षणका गतिविधि तुरुन्त स्थगित गर्ने जनाएको छ ।

७ माघसम्म सबै उखुको बक्यौता रकम भुक्तानी नभए ८ माघबाट फेरी आन्दोलन आउने किसानले चेतावनी दिएका छन ।

उखु किसानका अनुसार अन्नपूर्ण र महालक्ष्मीलगायतका उखु मिलले किसानको करोडौं रकम भुक्तानी गरेका छैनन् । मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले ४२ करोड रुपैयाँ बुझाउन बाँकी रहेका अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवालले शुक्रबार नै किसानको ५० लाख रुपैयाँ बुझाएकोे बताए ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]