प्रधानमन्त्री केपि शर्मा ओलीको सर्थनमा भोलि शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट भब्य धोती जुलस निकालिने भएको छ ।
नेकपाको भ्रातृ संगठन युवा संघ, प्रदेश २ को अध्यक्ष सन्जिब झाको नेतृत्वमा प्रधानमन्त्री ओलीको सर्थनमा धोती जुलुस निकाल्न लागेको हो ।
संस्थापक नेकपाको अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीको समर्थन गर्दै जुलुस प्रदर्शन गर्न लागिएको युवा संघका नेता शम्भु साहले जानकारी दिए ।
जनकपुर सहित प्रदेस २ का युवाहरुले ´धोती कुर्था गम्छा मधेशी के शान बा !
केपी ओली हमनी सबके जान बा !!` भन्ने नारा साथ जुलुस गर्ने कार्यक्रम रहेको साहले बताए ।
जुलुसमा मधेसका पहिचानका रुपमा रहेको धोती, गम्छा र कुर्था पहिरन गरि जुलुम गरिनेछ ।