About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
नेकपा प्रदेस २ को संसदीय दलको नेतामा प्रचण्ड – नेपाल पक्षधर महतो निर्बिरोध चयन, ओली पक्षधर मण्डल पराजित

खोज केन्द्र मंगलबार, पौष २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नम्बर प्रदेश संसदीय दलको नेतामा पुष्प कमल दहाल प्रचण्ड – माधव नेपाल पक्षधर शत्रुघन महतो निर्विरोध चयन भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएपछि दल नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको थियो ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंगलवार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएकोमा महतोको एकल उम्मेदवारी परेकाले निर्विरोध चयन गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले बताए ।

प्रचण्ड–नेपाल पक्षको प्रस्तावमा महतोलाई संसदीय दलको नेता चयन भएका छन् ।

महतोलाई दल नेता चयन गर्न बहुमत १९ जना सांसदको हस्ताक्षर समेत संकलन गरिएको उपनेता रामकुमार यादवले बताए । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् ।

प्रधानमन्त्री ओली पक्षधर मण्डल लगायतका सांसद दलको बैठकदेखि निर्वाचन प्रक्रियासम्म सहभागी भएका छैनन् ।

मंगलवारै बसेको नेकपा प्रदेश संसदीय दलको बैठकले मण्डल विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]