About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
जनकपुरमा ओली समुहको शक्ति प्रदर्शन, प्रचण्ड-नेपाल समुह पछि हट्यो

प्रदर्शनमा उपप्रधानमन्त्री पोखरेल, शहरी विकास मन्त्री साह र महिला बालबालिका मन्त्री महतो सहभागी

खोज केन्द्र मंगलबार, पौष २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरमा प्रधानमन्त्री केपी ओली समुहले शक्ति प्रदर्शन गरेको छ । 

सांसद बिघटन संगै नेकपाबाट रुष्ट पुष्प कमल दहाल प्रचण्ड- माधव नेपाल समुह पछि हटेकोछ । 

पूर्वनिर्धारित कार्यक्रम अनुसार नेकपाले प्रदेश पार्टी कार्यलय (मिथिला भवन) जनकपुरधाममा जिल्ला स्तरीय बृहत कार्यकर्ता भेला कर्यक्रम आयोजनको पूर्वसंन्ध्यामा प्रचण्ड-नेपाल समुह ले कार्यक्रम नगर्न दिने चेतावनी दिएको थियो । यद्पी ओली समुहले शक्ति प्रदर्शन गर्दै नेकपा प्रदेस कार्यालयमै सभा आयोजन गरेको छ । 

नेकपा नेता तथा ओली पक्षधर उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, शहरी विकास मन्त्री प्रभु साह, मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, मिथिला बिहारी नगरपालिकाका मेयर अनिल यादब, बिदेह नगरपालिकाका मेयर बेचन दास सहितले जनकपुरमा शक्ति प्रदर्शन गरेका हुन । उनीहरु उक्त पार्टी कार्यालय आफुहरुको  रहेको दाबी गर्दै सभा आयोजना गरे संगै धनुषामा ओली पक्ष बलियो स्थितिमा देखिएको बताए । 

जनकपुरको रेल्वे स्टेशन बाट निस्केको जुलुस भानु चोक, शिव चोक, जनक चोक, राम चोक हुंदै पार्टी कार्यालय पुगेको थियो । 

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]