प्रदेस नम्बर २ को आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञान कुमार यादवले दुर्व्यसन तथा महिला हिंसा नियन्त्रणमा गम्भिर भएर लाग्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेस २ ले धनुषाको हारसर जिवन केन्द्रमा आयोजना गरेको दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै मन्त्री यादबले ८० प्रतिशत भन्दा बढी अपराधिक घटना दुर्व्यसनबाट हुंदै आएकाले लागु औषध नियन्त्रणका लागि प्रहरी प्रशासन चनाखो हुनु पर्नेमा जोड दिए ।
जिम्मेवार नागरिक उत्पादन गर्न प्रदेस २ सरकार कटिबध्द रहेको बताउंदै मन्त्री यादवले भने दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान एक मुख्य अभियान हो ।
प्रदेस २ मा सबै भन्दा बढी महिला हिंसा र दुर्व्यसनको घटना हुंदै आएकाले जनस्तर सम्म जनचेतना जगाउनु पर्नेमा मन्त्री यादवले जोड दिए । कुपोषण, अशिक्षा, वेरोजगारी, कुलत तथा हिंसाले प्रदेस २ मा जडो गाडेकाले आन्तरिक मामिला तथा कानून मन्त्रालयले विशेष अभियान नै संचालनमा ल्याएको जानकारी गराए ।