About Contact
११ माघ २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेस २ मा सुरक्षित बेटी अभियान सुरु

खोज केन्द्र सोमबार, पौष २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २ सरकारले दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान सुरु गरेको छ । 

प्रदेस २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘म जिम्मेवार नागरिक हुँ ।’ भन्ने मुल नाराका साथ दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान संचालन गरेको छ । प्रदेस सरकारले अभियानका लागि निर्देशिका निर्माण र निति तथा कर्यक्रममा समेत समावेश गरिसकेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेस २ ले धनुषाको हारसर जिवन केन्द्रमा दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञान कुमार यादव र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले उदघाटन गरे संगै अभियान कार्यान्वयन सुरु भएको हो । 

अभियान अन्तर्गत प्रदेस २ को ८ वटै जिल्लाको बिद्यालय र स्थानिय तहमा संचालन गरिने मन्त्री यादवले बताए । आर्थिक तथा प्राबिधिक सहयोग सहित सुरक्षित बेटी र कुलत बाट जोगाउन दुर्व्यसन मुक्त अभियान संचालन हुन्छ । यस अन्तर्गत प्रत्येक जिल्लामा प्रदेस २ को धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट र पर्सा जिल्लामा महिला सेफ हाउस, बाल सुधार गृह निर्माण कार्य अगाडी बढाईएको मन्त्री यादवले बताए । 

महिला हिंसा, बालबालिका तथा बेटी सुरक्षा संगै लागु औषध नियन्त्रण न्यूनिकरण गर्न दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाएको राज्यमन्त्री कुशवाहाले बताए । 

७ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रदेस २ को ८ वटै जिल्लाका २५ जना सहभागी छन । प्रशिक्षण लिईसके पश्चात उनीहरु ८ वटै जिल्लामा खटाईने छ । 

सम्बन्धित

ताजा अपडेट
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह
ऋणीको सम्पत्तीमा साहुको आँखा
फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]