About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
ओली संघियता खारेज गरी मुलुक सेनाको हातमा सुम्पिन लागेको उपेन्द्र यादवको खुलासा

खोज केन्द्र आइतबार, पौष १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली संघियता खारेज तर्फ अग्रसर रहेको टिप्पणी गरेका छन । ओलीको कार्यशैली महेन्द्रवादी, निरंकुशवादी र नश्लवादी भएको टिप्पणी गर्दै संघियतालाई समाप्त पार्न लागेको दाबी गरे । 

जनकपुरमा आयोजित समाजवादी युवा नेतृत्व प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेशसभालाई समेत समाप्त गर्ने खेलमा लागेको बताए ।  

‘ओलीले संसद विघटन चुनाव गराउनका लागि गरेकै होइनन् । अब प्रदेशसभा पनि समाप्त गर्छन। त्यसपछि आन्दोलन हुन्छ, अनि संकटकाल लगाउँछन् । त्यसपछि सेनाले संविधान भंग गरेर अगाडि बढ्छ ।’ यादबले भने । 

‘लामो आन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मौलिक हक जस्ता अधिकार ओलीले समाप्त पार्न खोजेका छन्’, उनले भने, ‘फेरि मुलुकलाई निरंकुश शासन प्रणालीतिर मुलुकलाई लैजान खोजिएको छ ।’

ओली र शेरबहादुर देउवाको एउटै बोली रहेको भन्दै उनले कांग्रेसले पनि लोकतन्त्रको रक्षा गर्न नसक्ने तर्क गरे । 

ओमनी, वाइडबडी, नेपाल ट्रष्ट, बालुवाटार जमिन, टेलिकम, सुनलगायतका सबै काण्ड ओली सरकारकै पालामा किन भयो ? भन्ने प्रश्न गर्दै उनले भने, ‘भन्नलाई कम्यूनिष्ट । तर धन्दा र व्यवहार भ्रष्टतन्त्र भयो ।’ 

कार्यक्रममा जसपाका प्रभावशाली नेता शरद सिंह भण्डारी,  जसपा नेता तथा प्रदेस २ मुख्यमन्त्री लालबाबु राउत, जसपा नेता तथा प्रदेस २ का अर्थ मन्त्री बिजय यादव, राज्यमन्त्री योगेन्द्र राय यादव, जसपा नेता महाजन यादव, जसपा नेता उमेश साह लगायतका सहभागीहरुले ओलीको पछिल्लो कदमको खुलेर बिरोध गरे । 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]