About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
मधेशका धान किसानको छुट्टै पिडा, खाद्य तथा व्यापार कम्पनी लिमिटेड नै किसानलाई लुट्दै

खोज केन्द्र शुक्रबार, पौष १८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

पुस १८, वीरगञ्ज । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले किसान र व्यापारीबीच फरक छुट्याउन नसक्दा धान खरीदमा समस्या भएको बताएको छ ।

संघीय सरकारले किसानको मात्र धान खरीद गर्न कार्यालयलाई निर्देशन दिएको बताइएको छ । किसानको भेषमा व्यापारी धान बेच्न आउने गरेकाले समस्या देखिएको कार्यालयका प्रमुख नरनाथ अधिकारीले जानकारी दिए ।

किसानबाट धान खरीद गर्दा बजार भाउभन्दा करीब १० प्रतिशत बढी समर्थन मूल्यनिर्धारण गरिएको थियो । यसले गर्दा कार्यालयमा धान बेच्न किसानको भेषमा व्यापारी आउँदा जटिलता देखिएको हो ।

प्रतिक्विन्टल रू.३७३ र पैसा १६ बढी मूल्यमा कार्यालयले धमाधम धान खरीद गरिरहेको छ । अहिले कार्यालयमा धान बेच्न आउने किसानको लर्को लागेको छ । किसानको भेषमा व्यापारीले बढी आर्थिक लाभ लिन खोज्दा वास्तविक किसान मार्कामा पर्न थालेका छन् ।

किसानले बेच्न ल्याउने धान सुकेको तथा व्यापारीको धान चिसो र मिसावट समेत हुने कार्यालयले बताएको छ । ‘ किसान र व्यापारी छुट्याउन नसक्दा केही समस्या परेको छ, सतर्कता अपनाएर खरीद गर्छौ’, उनले भने ।

कार्यालयले बढीमा १८ प्रतिशतसम्म चिसोपन भएको धान मात्र खरीद गर्ने गरेको छ ।सरकारले सोना मन्सुलीको प्रतिक्विन्टल रू.२ हजार ६७३  र पैसा १६र जिरामसिनो धानको प्रतिक्विन्टल रू.३ हजार २०मा खरीद मूल्य तोकेको छ । सोना मन्सुली १५ हजार तथा जीरा मसिनो धान ५ हजार गरी २० हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य कार्यालयले राखेको छ । हालसम्म रू.३ करोड ३५ लाख ८१ हजार ११८ मूल्य बराबरको सोनामन्सुली धान १२ हजार ५६२ क्विन्टल ३३ केजी तथा रू.९७ हजार २४४ मूल्य बराबरको जीरामसिनो धान ३२ क्विन्टल २० केजी खरीद गरिसकेको वरिष्ठ सहायक मुनिलाल कुशवाहाले जानकारी दिए ।

धानका खरीद मूल्य बृद्धि भएपछि बारा तथा पर्साका किसान धान बेच्न कार्यालयमा आउने गरेका छन् । पर्सा हरिहरपुर विर्ताका किसान सञ्जयप्रसाद कुर्मीले कार्यालयले ठाउँ–ठाउँमा धान जोख्न ठाउँ ठाउँमा काटा राख्नुपर्ने माग गरेका छन् ।

कार्यालयसँग धान भण्डारण गर्ने ४ हजार मेट्रिक टन क्षमताको पाँच ओटा गोदाम रहेको छ । अहिले अघिल्लो वर्षको सोनामन्सुली, जिरा र जापानी चामल गरी १ हजार १०० क्विन्टल सोनामन्सुली चामल मौज्दात रहेकोे छ ।

कार्यालयले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकताअनुसार गोरखा, काठमाडौं, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।  रासस

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]